बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

शेयर बजारमा उछालको प्रतिक्षा

शेयर बजारमा उछालको प्रतिक्षा


  • Dhorpatan News
  • पुष २९ २०७६, मंगलबार

नेपाल धितोपत्र बोर्डले नयाँ अध्यक्ष पाएको छ । भिष्मराज ढुंगाना बोर्डको नयाँ अध्यक्ष चयन भएका छन् । शेयरबजार दिनप्रतिदिन घट्दै गर्दा उनको आगमनले बजारमा के कस्तो प्रभाव पर्छ, त्यो भने प्रतिक्षाकै विषय हो । तर संयोग वा अन्य कारण हो, शेयर सुचकांक केही दिन यता बढ्न थालेको छ । यो निकै सकारात्मक पक्ष हो । अहिले बजारमा कारोबार नै नहुने कम्पनीको पनि शेयर खरिदविक्री हुने क्रम देखिन थालेको छ । थोरै रकम हुने लगानीकर्ताले बैंक तथा लघुवित्तको शेयर उठाउन थालेका छन् ।
यस्तै क्रममा सोमबार शेयर बजार १५ दशमलव १४ अंकले बढ्न पुगी १२७० दशमलव ८७ अंकमा उक्लिएको छ । बजार हरियो देखिने क्रमसँगै शेयरले उल्लेखित उचाई प्राप्त गरेको हो । खरिदविक्री पनि एक अर्ब ७० करोड रुपैयाँको हुन पुगेको छ । कुनै दिन एक अर्ब पनि कारोबार नहुँदा बजार कोल्याप्स नै त हुने होइन भन्ने जस्ता आंकलन समेत लगानीकर्ताहरुले गर्ने गरेका थिए ।
यस्तै अवस्थामा पुँजी बजारका ६ वटा क्षेत्रमा काम गर्छु भनेर बोर्डमा ढुंगाना भित्रिएका छन् । बजारको स्थायित्व, बजारको गतिशिलतामा ध्यान दिने तथा बजार विस्तारमा ध्यान दिने उनले बताएका छन् । बजारमा व्यवसायिकताको विकास, डेरिभेटिभ मार्केटको आरम्भ, ऋणपत्रको कारोबारमा जोड जस्ता पक्षलाई समेत समेट्ने उनको प्रतिबद्धता छ । प्रविधि मैत्रीको कुरा र संस्थागत सुशासनको पक्षलाई समेत उनले उल्लेख गरेका छन् ।
प्रतिबद्धता अनुसार उनले काम गरे भने बजारले निश्चय नै उकालो यात्रा तय गर्ने छ । लगानीकर्ताले खोजेको पनि अहिले यही नै हो । शेयर बजार नबढ्नुमा अहिले एकथरिले कम्प्युनिष्ट अर्थमन्त्री युवराज खतिवडालाई कारक मानेका छन् । अव उनको कार्यकाल पनि धेरै छैन । उनी हटे पछि के बजारमा उछाल आउला ? यसको सोझो उत्तर कसैले दिन सकेको छैन । तर विज्ञहरुको कुरा सुन्ने हो भने अहिलेको मुख्य समस्या लगानीकर्ताको मनोवल र मानशिकता हो । लगानीकर्ताले कुनै ठोस कारण विना नै बजारमा कारोबार नगर्दा सूचकले उकालो यात्रा समाउन नसकेको तर्कमा धेरै जना सहमत छन् । अर्को तर्फ अनलाईन कारोबारको जुन प्रविधि भित्र्याइएको छ, त्यसको प्रचारप्रशारमा जति जोड दिनुपर्ने हो त्यो काम समेत हुन सकेको छैन । यसैगरी बैंकहरुलाई ब्रोकर लाइसेन्स दिने विषय पनि टुंगोमा पु¥याउँदै बजारमा उछाल ल्याउन जरुरी छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->