बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कोरोनाबाट सचेत बनौँ

कोरोनाबाट सचेत बनौँ


  • Dhorpatan News
  • माघ १३ २०७६, सोमबार

चीनबाट सुरु भएको नोवेल कोरोना भाइरस संक्रमितहरु नेपालमा पनि भेटिएका छन् । चीनबाट फर्केका एकजनालाई कोरोनाले समातेको पु्ष्टी भइसकेको छ भने अन्य दुईजनामा पनि कोराना संक्रमण भएको आशंका गरिएको छ । चीनमा संकट निम्त्याएको कोरोनाको संक्रमण नेपालमा समेत देखिएपछि यसले आम मानिसमा त्रास बढाएको छ । कोरोनाकै कारण चिनियाँ नयाँवर्षका नेपाल घुम्न आउने पर्यटकहरु उतै रोकिएका छन् । नेपाल सुरक्षित छ भनेर यता आउने सुरु गरेकाहरु पनि नेपालमा समेत भाइरस फैलिएपछि रोकिने अवस्था आएको हो । यो घटनाले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारी योजनामा धक्का लागेको छ ।

ज्वरो आउनु र श्वासप्रश्वासमा समस्या हुनु यो रोगको प्रमुख लक्षण हुन् । रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरुलाई यसले छिटो असर गर्नसक्छ ।
यसबाट बच्न हाँछ्यु गर्दा मुख छोप्ने, बाहिर गए हात धुने, जनावरको सामिप्यतामा नरहने, मासु राम्रोसँग पकाएर खाने, आँखा सुरक्षित गर्न चस्मा लगाउने, भाइरस फिल्टर गर्ने मास्क प्रयोग गनुपर्ने डाक्टरहरुले सुझाएका छन् । मुख्यकुुरा त , यो भाइरसले नेपालमा प्रवेश पाएपछि महामारीको रुप लिनसक्ने सन्त्रासको रहेको छ । नेपालमा सरुवा रोगको उपचार गर्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल मात्रै रहेको छ । यो अस्पतालले कति मान्छेलाई सुविधा दिनसक्छ भन्ने कुरा आफैमा शंकाको घेरामा छ । अहिलेसम्म नेपालमा कोरोना भाइरसको परिक्षण गर्ने व्यवस्था छैन । जसले गर्दा कसलाई कोरोना लागेको हो र कसलाई हैन भन्नसक्ने अवस्था पनि छैन ।भाइरस एक व्यक्तिबाट अर्कोमा सजिलै फैलनसक्छ । नेपालमा यो महामारी फैलन नदिन सरकारले विशेष व्यवस्था गर्नुपर्छ । स्वास्थ्य मन्त्रालयले कोरोनाको ल्याब परिक्षणको व्यवस्था नेपालमा गरिने जनाएको छ । यो काम सक्दो छिटो थाल्नुपर्छ । निःशुल्क उपचार दिने घोषणाले मात्रै हुँदैन । रोग लागेकाको उपचार, रोग फैलन नदिन प्रचारात्मक अभियान र जनचेतनामूलक कार्यक्रम संचालन गरिनुपर्छ । अर्कोतर्फ, विदेशबाट आउनेहरु अवस्था कस्तो छ भन्ने बुझ्नको लागि भन्सार नाका तथा विमानस्थलमै चेकजाँचको व्यवस्था गरिनुपर्छ । भियतनामले चीनबाट आउने यात्रुहरुलाई नै प्रतिबन्ध लगाएको खवर सार्वजनिक भएको छ । नेपालले पनि चीन यात्राबाट फर्केका नेपाली र चिनियाँहरुको अवस्था बुझ्ने संयन्त्रको विकास गर्नुपर्छ । रोग लाग्नुभन्दा लाग्नै नदिने निको भन्ने उखान छ । अहिले रोग देखिएकाहरुको उपचार गर्दै रोगले महामारी रुप लिनसक्ने सम्भावनाप्रति सचेतता अपनाउनुपर्छ । यसो भनिरहँदा सबै काम सरकारको मात्र हुँदैन । नागरिक आफै पनि रोगप्रति सचेत बन्नुपर्छ । कथंकदाचित रोगको संक्रमण देखिए अस्पताल जानुपर्छ । काम नभए भीडदेखि टाढै बस्दा पनि राम्रै हुन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->