शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

काश्मीरमा भिडन्त हुँदा तीनजनाको मृत्यु

काश्मीरमा भिडन्त हुँदा तीनजनाको मृत्यु


  • Dhorpatan News
  • माघ १७ २०७६, शुक्रबार

नयाँदिल्ली, १७ माघ – भारत प्रशासित काश्मीरमा शुक्रबार भिडन्त हुँदा तीन विद्रोही मारिएका छन् । एक प्रहरी सख्त घाइते भएका छन् । “विद्रोही र प्रहरीबीच भएको भिडन्तमा तीन विद्रोही लडाकु मारिएका छन्,” प्रहरी प्रवक्ताले अलजजिरालाई भने, “प्रहरीतर्फ एकजना घाइते भएका छन् ।”
प्रहरीका अनुसार जम्मुको दक्षिणी सहर नगरोटानजिकै प्रहरीले शुक्रबार बिहान ५ बजेतिर श्रीनगर मालवाहक ट्रकलाई रोकेपछि गोली हानहान भएको थियो । ट्रकमा सवार विद्रोहीले प्रहरीमाथि सुरुवाती गोली चलाएका थिए । प्रहरीले त्यसको जवाफी फाइरिङ गरेको थियो ।
अहिले भिडन्त रोकिएको छ भने प्रहरीले उक्त क्षेत्रमा घेरा हालेर अनुसन्धान थालेको छ । जम्मु प्रहरी इन्सपेक्टर जनरल मुकेश सिंहले भने, “हामीले उक्त क्षेत्रमा अरु विद्रोही पनि हुनसक्ने आशंकमा खोजी कार्य जारी राखेका छौं ।”  स्थानीय सञ्‍चारमाध्यमका अनुसार नगरोटा क्षेत्रमा विद्यालयहरु बन्द गरिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->