शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

दिल्लीमा आपको विजय, दुई तिहाईभन्दा बढी सिट

दिल्लीमा आपको विजय, दुई तिहाईभन्दा बढी सिट

जम्मा ७० स्थानका लागि भएको निर्वाचनमा आम आदमी पार्टी (आप) ले ५० स्थानमा विजय प्राप्त गरेको छ भने १२ स्थानमा अगाडि छ।


  • एजेन्सी
  • माघ २८ २०७६, मंगलबार

काठमाडौँ, २८ माघ – दिल्लीको विधानसभा चुनावमा मुख्यमन्त्री अरविन्द केजरिवालको पार्टी ‘आम आदमी पार्टी’ले दुई तिहाईभन्दा बढी सिटमा विजय प्राप्त गरेको छ । जम्मा ७० स्थानका लागि भएको निर्वाचनमा आम आदमी पार्टी (आप) ले ५० स्थानमा विजय प्राप्त गरेको छ भने १२ स्थानमा अगाडि छ। मुख्यमन्त्री केजरीवाल, उपमुख्यमन्त्री मनिष सिसोदियालगायत सरकारका सबै मन्त्रीले जीत हासिल गरेका छन् । त्यस्तै पार्टीको महत्त्वपूर्ण जिम्मेवारीमा रहेका आपका नेता निर्वाचनमा विजयी भएका छन्।
भारतीय निर्वाचन आयोगका अनुसार केन्द्रको सत्ताधारी दल भारतीय जनता पार्टी (भाजपा) छ स्थानमा विजयी भएको छ भने समाचार तयार पार्दासम्म २ स्थानमा अगाडि छ। अर्को ठूलो पार्टी कांग्रेस आइले भने एक पनि स्थानमा जित्न वा अग्रता बनाउन सकेको छैन। दिल्ली चुनावको यो नतिजासँगै आपले तेस्रोपटक सरकार बनाउने र केजरीवाल पुनः मुख्यमन्त्री बन्ने पक्का भएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केजरीवाललाई बधाई दिँदै ट्विट गरेका छन्। केजरीवाललाई बधाई दिँदै मोदीले दिल्लीका जनताको अपेक्षा पूरा गर्न सक्षम बन्न शुभकामना पनि दिएका छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->