बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

चीनबाट नागरिक फिर्ता सह्रानीय

चीनबाट नागरिक फिर्ता सह्रानीय


  • Dhorpatan News
  • फाल्गुन ५ २०७६, सोमबार

नोवल कोराना भाइरसको केन्द्र चीनको वुहानसहितका अन्य सहरमा रहेका १७५ जना नेपालीहरुलाई स्वदेश ल्याइएको छ । नेपालले हवाइजहाजमार्फत आइतबार उनीहरुलाई नेपाल ल्याएको हो । तीमध्ये वुहानबाट ५५, एन्सीबाट २६, सियानबाट रहेका छन् । विमानमा नेपालबाट गएका १७ जनासहित १३५ पुरुष र ४० जना महिलाहरुलाई अहिले छुट्टै ठाउँमा राखिएको छ ।
नेपाल एयरलाइन्सको विमानबाट ल्याउनसाथ उनीहरुलाई खरिपाटीस्थित निगरानी केन्द्रमा राखिएको छ । विश्व स्वास्थ्य संगठनको मापडण्ड अनुसार बनेको क्वारेन्टाइनमा उनीहरुलाई राखिएको हो । नेपाली सेनाका डाक्टरको नेतृत्वमा रहेको स्वास्थ्यकर्मीको टोलीले उनीहरुको स्वास्थ्य परीक्षण गरेको छ । २ हप्ता उनीहरुलाई त्यहीँ राखेर कोरोना प्रभावित भए÷नभएको प्रमाणित गरिएपछि उनीहरुलाई आफ्नो घरमा जान दिने तयारी गरिएको छ । वुहानसहित चीनका विभिन्न सहरमा रहेका नेपालीहरुको लामो रोदन र क्रन्दनपछि सरकारले ढिलै भएपनि सकारात्मक काम गरेको छ । भारतसहित विभिन्न देशहरुले चीनबाट आफ्ना नागरिकहरु फिर्ता लगिसक्दा पनि नेपालले के गर्ने भन्ने निर्णय गर्न सकेन । त्यहाँ रहेका विद्यार्थी र अन्य नेपालीहरुले दूताबास र प्रधानमन्त्रीलाई गुहार्दा पनि उनीहरुको फिर्ता प्रत्रिया भयो । यो घटनाले नेपाल सरकारको कमजोर निर्णय क्षमता पुनः एकपटक सतहमा आएको छ । आफ्ना नागरिकलाई सुरक्षा दिनु सरकारको कर्तव्य हो । यो कर्तव्यबाट च्यूत हुने राज्य लोककल्याणकारी हुनै सक्दैन । यसो भनिरहँदा, सरकारले महामारीको रुप लिएको कोराना नेपालमा पनि फैलने त हैन भन्नेमा देखाएको सचेततालाई पनि भुल्नु हुँदैन । सजिलै फैलने कोरोना नेपाल भित्रिए त्यसले पार्ने प्रभाव निश्चय पनि डरलाग्दो हुन्छ । साधन, स्रोत र शक्ति भएका राष्ट्रहरुको निद्रा बिगार्ने यो भाइरस नेपाल भित्रन्छ कि भन्ने आशंकाकै कारण फिर्ता प्रक्रिया ढिलो भएको त हो तर त्यसले राम्रो सन्देश भने दिन सकेको थिएन ।
जेहोस्, अहिले चीनमा रहेका नेपालीहरु स्वदेश फर्केका छन् । अब सरकारले उनीहरुको पूर्ण स्वास्थ्य जाँच गर्नुपर्छ । उनीहरुलाई राख्ने भनिएको क्षेत्रका जनताले रोग फैलन्छ कि भन्ने आशंका व्यक्त गरेका थिए । तर, अहिले उनीहरु शान्त छन् । अब सरकारले नेपालमा कोरोनाको उपचारमा कहिँकतै कमजोरी छैन भन्ने प्रमाणित गर्नुपर्छ । नियन्त्रणको लागि चालिएका कदमहरु अझ सशक्त बनाउनुपर्छ । केही क्यारेण्टाइनहरुमा परीक्षण प्रणाली नै भरपर्दो नभएको गुनासो सुनिएको छ । यी गुनासाहरुको संवोधन गरिनुपर्छ । कोरोनाको कारण नेपालको पर्यटन क्षेत्रमा ठूलो असर परेको छ । सरकारले देशमा कोरोना भित्रन नदिनको लागि सबै शक्ति प्रयोग गर्दै नेपाल कोरोनामुक्त छ भन्ने सन्देश पनि दिन सक्नुपर्छ । यसको लागि चीनबाट फिर्ता आएकाहरुको स्वास्थ्य स्थितिबारे पारदर्शी तरिकाले जानकारीहरु सम्प्रेषण गरिनुपर्छ । कोरोनाबारे जनचेतनामूलक कार्यक्रम संचालन गरिनुपर्छ । मुख्य कुरा त, सरकारले चीनबाट आफ्ना नागरिक फिर्ता ल्याएर सह्रानीय काम गरेको छ । यस्ता कार्यहरुलाई अरु समयमा पनि निरन्तरता दिनुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->