मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

नेउवा महासंघ गण्डकीको सहयोग मानव सेवा आश्रमलाई

नेउवा महासंघ गण्डकीको सहयोग मानव सेवा आश्रमलाई


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ९ २०७६, शुक्रबार

पोखरा,९ फागुन – नेपाल उद्योग वाणिज्य संघ, गण्डकी प्रदेशले पोखराको विरौटामा रहेको मानव सेवा आश्रमलाई खाद्यान्न, खाजाका सागग्री र सरसफाईका सामान प्रदान गरेको छ । गण्डकी प्रदेश सरकारको तीनदिन प्रजातन्त्र दिवस मनाउन आह्वान गरेको सन्दर्भमा निजी क्षेत्रको छाता संस्थाले मानवसेवा आश्रमलाई बिहीबार करिब ३५ हजार रुपैयाँ बराबरको सहयोग गरेको हो ।
सहयोग हस्तान्तरण कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ प्रमुख अतिथि थिए । आश्रम पुगेका उनले मानवीय सेवा सहयोग जुटाएर मात्रै सम्भव नभएको स्वीकार्दै यसमा राज्यको लगानी हुनुपर्नेमा सहमति जनाए । उनले मानवीय भावनाले सहयोगलाई निरन्तरता दिन आग्रह पनि गरे । पूर्वपर्यटन मन्त्री कृपासुर शेर्पाले समाजमा रहेका दीनदुःखीको सेवामा खटिनु नै धर्म भएको बताए । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष संजिवबहादुर कोइरालाले नेपालमा हरेक दिनजसो विभिन्न पर्व र दिवस मनाइए पनि त्यसले अनाथ र असहायलाई कुनै सुखद अनभूति दिलाउन नसकेको अवस्थामा महासंघ गण्डकीले प्रजातन्त्र दिवसको अनुभूति गराउन सहयोग हस्तान्तरण गरेको बताए । उनले समृद्धि भनेको पैसा कमाउनु मात्रै नभएर खुसी हुनु पनि भएकाले मन खोलेर सहयोग गर्न व्यवसायीहरुलाई आग्रह पनि गरे । महासंघ गण्डकीका उपाध्यक्ष मोतिप्रसाद पौडेलले निजी क्षेत्रले सामाजिक उत्तरदायित्वलाई सदैव मनन गर्नुपर्ने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीले आफ्ना सदस्य उद्योग वाणिज्य महासंघहरुलाई आर्थिक सहयोग प्रदान गरेको छ । महासंघ गण्डकीले संघीयताको अनूभूति निजी क्षेत्रले पनि गर्नुपर्ने मान्यतामा टेकेर ती उद्योग वाणिज्य संघहरुलाई आफ्नै स्रोतबाट ५० हजार रुपैयाँका दरले सहयोग गरेको हो । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातारणमन्त्री विकास लम्सालले विहीबार एक कार्यक्रमका बीच सो सहयोग रकम हस्तान्तरण गरे ।
सहयोग पाउनेमा गएको केही महिनायता मेला÷महोत्सवको आयोजना गरेका पोखरा उद्योग वाणिज्य महासंघसहित बागलुङ, तनहूँ पर्वत, नवलपुर र देवचुली रहेका छन् । देवचुली उद्योग वाणिज्य संघलाई भवन निर्माणको लागि सहयोग गरिएको उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष संजिवबहादुर कोइरालाले जानकारी दिए । उनले देश संघीय संरचनामा जानुअघि नै महासंघ संघीय संरचनामा गएको स्मरण गर्दै संघीयता कार्यान्वयनमा निजी क्षेत्र सधैँ सकारात्मक रहेको बताए । महासंघ गण्डकीका उपाध्यक्ष मोतिप्रसाद पौडेलले आवश्यकता अनुसार यस्तो सहयोगलाई निरन्तरता दिइने जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->