पोखरा,१० फागुन – कलाकार रामु खत्रीको देशभक्ती भावना बोकेको गित राम्रो देख्ने आँखा सार्वजनिक भएको छ । रामु खत्री र सीता केसिको आवाजमा सजिएको उक्त गितमा लय सिर्जना सुबास जिसिले गरेका छन ।नेपालको सुन्दरता र खासगरि पछिल्लो समयमा सरकारले राम्रो काम गर्दा पनि सामाजिक सन्जालमा भैरहने बिरोधलाई गितको माध्यमबाट चिर्न खोजिएको छ । विकास निर्माणमा अबरोध गर्ने र नकारात्मक टीका टिप्पणी गर्ने बानीले देश को विकास निर्माणमा समस्या भएको गितमा उल्लेख गरिएको छ । ‘राम्रो देख्ने मन चाहिन्छ ,राम्रो सोच्ने मन चाहिन्छ’ गितमा भनिएको छ ।
गितको अडियो तथा भिडियो पृयासी म्युजिक प्रालीले गरेको छ ।





