पोखरा, १६ फागुन – लायन्स क्लब अफ पोखरा लालिगुँरासले माछापुच्छ« गाउँपालिका वडा नं. ८ मा अवस्थित वमबहादुर आधारभूत विद्यालयमा खेलकुद तथा स्टेशनरी सामाग्री विरतण गरेको छ ।
क्लबको वार्षिक कार्यक्रम अन्तर्गत शुक्रबार विद्यालयमा नै पुगेर क्लबले त्यहाँ विद्यार्थी र विद्यालयलाई स्टेशनरी तथा खेलकुद सामाग्री वितरण गरेको हो । उक्त अवसरमा लायन्स क्लब अन्तराष्ट्रिय ३२५ वि वान डिष्ट्रिकका पिआरो तथा लायन्स क्लब अफ लालिगुराँसका एक्टेन्सन चियर पर्सन मोतिराज तिमिल्सिनाले खेलकुद सामाग्री सहयोग गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि तिमिल्सिना, लायन्स क्लब अफ पोखरा लालिगुराँसका अध्यक्ष मिनराज तिमिल्सिना, क्लबका निवर्तमान अध्यक्ष धर्मराज भण्डारी, क्लब एमसिपी नारायणहरि बास्तोला, शिक्षा निर्देशक राजेन्द्र बास्तोला, माछापुच्छ«े गाउँपालिका वडा नं. ८ का वडा सदस्य गिरीधारी दाहालले स्टेशनरी सामाग्री वितरण गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब अन्तराष्ट्रिय ३२५ वि वान डिष्ट्रिकका पिआरो तथा लायन्स क्लब अफ लालिगुराँसका एक्टेन्सन चियर पर्सन मोतिराज तिमिल्सिनाले क्लबले मानविय र सामाजिक क्षेत्रमा अतुलनिय योगदान गरेको बताए ।
माछापुच्छ« गाउँपालिका वडा नं. ८ का वडा सदस्य गिरीधारी दाहालले क्लबको सहयोगले विद्यार्थीहरुलाई विद्यालय आउने वातवरण सृजना हुने बताए ।
लायन्स क्लब अफ पोखरा लालिगुराँसका अध्यक्ष मिनराज तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा वमबहादुर आधारभुत विद्यालयका प्रध्यानाध्यापक दुर्गा गुरुङले स्वागत र क्लबका सचिव प्रकाशचन्द्र सापकोटाले कार्यक्रम सञ्चालनन गरेका थिए ।





