आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

सामाजिक सञ्जालमा लेखिने भाषा !

सामाजिक सञ्जालमा लेखिने भाषा !


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १७ २०७६, शनिबार

पोखरा,१७ फागुन – भनिन्छ,‘मान्छे चिन्न उसको बोली सुने पुग्छ ।’ बोली अभिव्यक्ति हो भने भाषा माध्यम । जसले जति राम्रा शब्द चयन गर्नसक्छ, बोली उसकै राम्रो हुन्छ ।मीठासपन थप्नु व्यक्तिको विशेषता होला ! बोली र प्रयुक्त भाषाबारे केही समययता नेपालमा बहस हुँदै आएको छ । संचारमन्त्रीबाट राजीनामा दिएका गोकुल बास्कोटाले प्रयोग गर्ने भाषा र शैलीबारेको बहस अझै सेलाएको छैन । उनकै बोलीमा प्रयुक्त भएको ‘हेप्ने, दुईतिहाईको सरकारलाई हेप्ने ?’ भन्ने वाक्यांश झण्डै थेगो नै बन्यो । ड्युटीमा खटिएकी प्रहरीलाई अपशब्द बोलेवापत चर्चित गायिका आस्था राउतलाई प्रहरीले पक्राउ नै ग¥यो । सामाजिक सञ्जालमा उच्च पदस्थ व्यक्तिहरुका विरुद्ध लेख्नेहरु पनि प्रहरी खोरमा पुगेका छन् । सरकारले पछिल्लो समय ल्याएको देवानी र फौजदारी संहितामा सामाजिक सञ्जालमा जथाभावि लेख्नेहरुमाथि पनि कारवाही गर्न सक्ने प्रावधान राखियो । नेपाल पत्रकार महासंघसहित नागरिक समाज त्यहाँ भएका केही प्रावधानको विरुद्ध लागे ।

पछिल्ला दिनहरुमा सामाजिक सञ्जाल बलियो बन्दै गएको छ । आम नागरिकहरुले आफूलाई लागेका कुरा सामाजिक सञ्जालमार्फत नै अभिव्यक्त गर्न थालेका छन् । कतिपय अवस्थामा त सामाजिक सञ्जालमार्फत ‘नागरिक पत्रकारिता’ को पनि विकास भएको छ । यही परिपेक्ष्यमा ठूलाबडाहरुले कस्तो भाषा प्रयोग गर्छन् ? सधैँ सभ्य र शालीन देखिने व्यक्तिसमेत रिसाएको बेला कस्तो हुन्छ ? भन्ने बुझ्ने माध्यम पनि सामाजिक सञ्जाल नै भएको छ । र, यही मेसोमा कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्की र प्रवक्ता डिएसपी राजकुमार केसीले सामाजिक सञ्जाल अर्थात् फेसबुकमा लेखेको भाषा चर्चामा रहेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता राजकुमार केसीले फागुन १३ गते मंगलबार बिहान १०ः३५ बजे आफ्नो फेसबुकको भित्तामा एउटा स्टाटस् लेखे । स्टाटस्मा भनिएको छ,‘सिनो खान नपाएको झोकमा केही गिद्धहरुले मिलेर निर्दोष प्राणिमाथि आक्रमणको प्रयास गरेछन्, धुक्क चोर दलालहरु ।’ उनले प्रयोग गरेको भाषामा खासै गडबडी छैन । चोर र दलालहरु तह लगाउने ठाउँमा उनी नै छन् । उनको यो भनाई कोप्रति लक्षित थियो भन्ने स्पष्ट भने पारेका छैनन् । संयोग, सोही दिन मध्यान्न १२ः५५ मा कास्की प्रहरी प्रम्ुख दानबहादुृर कार्कीको फेसबुक भित्तामा पनि एउटा स्टाटस् देखियो । स्टाटस्मा भनिएको छ,‘दलाल र दलाली गर्नेको पनि हद हुन्छ नि …कस्ताकस्ता दलाल देख्न र भेट्न पर्ने हो जीवनमा खै ? थुक्क तेरो विषवमन । सुँगुरलाई धोएर कहाँ मुुजुर बनाउन सकिन्थ्यो र ? तँ कौडे दुक्की । तँलाई जिउँदै किरा पर्नेछ, पापी । ’
उनको स्टाटस्मा १३५ वटा कमेण्ट आएका छन् । कमेण्ट पढ्दा लाग्छ, उनले आफूविरुद्ध आएको कुुनै समाचारप्रति असहमति जाहेर गरेका हुन् । तर, एसपी कार्कीले प्रयोग गरेको भाषा मात्रै हेर्ने हो भने उनले समाचारभन्दा पनि आफूभन्दा ठूला कुनै अधिकृतप्रति असन्तुष्टी व्यक्त गरेका हुन् कि भन्ने देखिन्छ । किनकि,सुँगुरलाई धोएर कहाँ मुजुर बनाउन सकिन्थ्यो र ?’ भन्ने उनको भनाई लामो समय उठबस भएको कुनै व्यक्तिउपर प्रयोग भएको अनुमान लगाउन सकिन्छ । उनको वालमा कमेण्ट गर्नेहरु भने एसपी कार्कीको पक्षमा अभिमत जाहेर गरेका छन् र तीमध्ये एउटामा भनिएको छ,‘कार्की १११ ब्याचका अब्बल अधिकृत । कास्की प्रहरी प्रमु्ख कार्कीले त्यसपछिका केही दिन आफ्नो फेसबुक भित्तामा केही पनि लेखेनन् । विहीबार राति १०ः३२ बजे उनले बढुवा भएका तीनजना एआइजीलाई बधाई दिए ।
सामाजिक सञ्जाल सबैको लागि हो । यसमा एसपी कार्की अछुतो हुने कुरै भएन । तर, एसपी कार्कीको स्टाट्समा मुस्कानसहितको प्रहरी भने देखिँदैन । रिसाउँदा कसैले वेद पढ्दैन र कार्कीमा पनि सायद त्यही कुरा लागु भएको अनुमान लगाउन सकिन्छ । प्रहरी संगठनमा आफूभन्दा ठूलालाई आदरार्थी शब्द नै प्रयोग गरिन्छ । सुरक्षा निकायमा चल्तीमा ‘आइसियोस् र गइसियोस्’ नै चल्छ । वाचाल एसपी कार्की स्वयं पनि नम्र र सभ्य भाषा नै प्रयोग गर्छन् । उनको नैतिकता र भूमिकामा प्रश्न उठाउने ठाउँ पनि छैन । नागरिक समाज उनको काममा खुसी नै छ । तर, उनको स्टाटस्ले प्रहरीको उच्चपदस्थ व्यक्तिहरुलाई दुःख दिने मान्छेहरु पनि यही समाजमा रहेछन् भन्ने प्रमाणित चाहिँ भएको छ । कानून विपरित अरुलाई दुःख दिनु अपराध हो । जहाँ जोबाट यस्तो काम भए पनि त्यसलाई कारवाही गरिनुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->