मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

लैंगिकहिंसा न्यूनिकरण गर्न समान सहभागीता : उपप्रमुख गुरुङ

लैंगिकहिंसा न्यूनिकरण गर्न समान सहभागीता : उपप्रमुख गुरुङ


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १९ २०७६, सोमबार

पोखरा, १९ फागुन – पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले लंैगिक हिंसा न्यूनिकरणका लागि महिला र पुरुष दुवैको समान सहभागीता हुुनुपर्नेमा जोड दिएकी छन् । पोखरा महानगरपालिका वडा नम्वर ७ ले आइतबार आयोजना गरेको लैडिंगक हिंसा विरुद्ध समसचेतना कार्यक्रममा बोल्दै उहाँले हिंसामा महिलामाथि हुने भएकाले र हिंसा गर्ने पुरुष भएकाले दुवैको समान सहभागीता बिना हिंसा न्यूनिकरण गर्न नसकिने बताइन् ।
राष्ट्र निर्माण र विकासमा महिला पुरुषको समान सहभागीता हुनुपर्छ उनले भनिन्, ‘पुरुषले महिला र महिलाले पुरुषलाई हेर्ने दृष्टिकोण सकरात्मक भएमात्रै लैडिंक हिसां न्यूनिकरण गर्न सकिन्छ ।’ उपप्रमुख गुरुङले समाजमा लैगिंक रुपमा गरिने हिंसाका घटना बढेको र त्यसमा महिला बढि पीडित रहेको बताइन् । अव लैगिंक हिंसा विरुद्धका कार्यक्रममा पुरुष र महिलाहरुको सहभागीता हुनुपर्छ भन्ने मान्यताले महानगरले लैगिंक हिंसा विरुद्ध पुरुषको ऐक्यबद्धता समसचेतना कार्यक्रम ल्याएको उपप्रमुख गुरुङल बताइन् । कार्यक्रममा पोखरा महानगरका न्यायिक समिति सदस्य पार्वती कार्कीले न्यायिक समितिको अधिकार क्षेत्र, न्यायिक समितिले हेर्न मिल्ने विवादका बारेमा र अधिबक्ता भुवन पराजुलीले देब्यानी र फौजदारी कानून बारे सहजीकरण गरेका थिए । पोखरा महानगरपालिका वडा नम्वर ७ का अध्यक्ष रामचन्द्र बरालको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य प्रभा पन्तले स्वागत गरेकी थिइन ।
वडा नम्वर २७ मेलमिलाप केन्द्र
पोखरा १९ फागुन । पोखरा महागनरपालिका वडा नम्वर २७ मा मेलमिलाप केन्द्र स्थापना भएको छ । पोखरा महानगरपालिका न्यायिक समितिले वडा तहका विवाद वडामै समाधान गर्ने उद्देश्यले दुवै वडामा केन्द्र स्थापना गरेको हो । केन्द्रको पोखरा महानगरपालिका उपप्रमुख एवं न्यायिक समितिका संयोजक मञ्जुदेवी गुरुङले उद्घाटन गरिन् ।
केन्द्र उद्घाटनपछि बोल्दै उपप्रमुख गुरुङले मेलमिलापले पैशा, समयको बचतसंगै समाजमा एकता कायम गर्ने बताइन् । उनले समाजलाई विवाद रहित बनाउनसके उत्तम हुने र त्यस्तो हुन नसके विवाद सृजना भए मेलमिलाप मार्फत मिल्दा उत्तम हुने बताइन् । अदालती प्रक्रियामा जादाँ सधै प्रतिशोधको भावना रहि रहने भएको बताउदै उनले, समाजमा शान्ति र सद्भाव कायम गराउन मेलमिलाप केन्द्रको अवधारणा ल्याएको बताइन् । समाजमा शान्ति, विकास र समृद्ध बनाउन आपसी सहमती र एकता आवश्यक हुने बताइन्
न्यायिक समिति सदस्य किशोर बरालले न्यायिक समितिको कार्यक्षेत्र, मेलमिलापकर्ताको भुमिका, आचारण र योग्यताका बारेमा स्पष्ट पारेका थिए । कार्यक्रम वडा अध्यक्ष पूर्णकुमार गुरुङको अध्यक्षतामा भएको थियो भने सञ्चालन महानगरका कानून अधिकृत राममणी अधिकारीले गरेका थिए

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->