मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

स्वास्थ्य कार्यालय पोखराका प्रमुख सहसचिव डा. पौडेललाई चार महिना कैद

स्वास्थ्य कार्यालय पोखराका प्रमुख सहसचिव डा. पौडेललाई चार महिना कैद


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २२ २०७६, बिहिबार

कास्की, २२ फागुन – प्रदेश स्वास्थ्य कार्यालय पोखराका प्रमुख हुँदा घुससहित पक्राउ परेका एक सहसचिवलाई चार महिना कैद सजाय भएको छ । बिशेष अदालतले बुधबार डा. तारानाथ पौडेललाई कैद सजाय सुनाएको हो । अहेवमा भर्ना गरिदिने भन्दै उनले एक लाख घुस लिएका थिए । प्रदेश स्वास्थ्य कार्यालय पोखराका प्रमुख हुँदा उनी घुसाण्डमा परेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १६ मंसिर २०७५ मा पक्राउ गरेको थियो । बिशेषले उनलाई दोषी ठहर गरी चार महिना कैद र एक लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको सूचना अधिकारी इन्द्रबहादुर खड्काले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->