टर्की-विश्वभर कोरोनाको प्रकोप बढ्दै जाँदा त्यसको प्रत्यक्ष असर विमान कम्पनीहरुमा परेको छ । सिंगापुरबाट बिहीबार टर्किस एयरलाइन्सको विमान खाली स्तानबुल फर्काइएको छ । उक्त विमानमा सवार एकजनालाई मंगलबार कोरोनाको संक्रमण भएको पुष्टि भएपछि अधिकारीहरुले सिंगापुरबाट खाली फर्कन निर्देशन दिएका हुन् ।
ती कोरोना संक्रमित व्यक्ति टर्किस नागरिक नभएको र इस्ताबुलबाट सिंगापुरको ट्रान्जिटमा अन्य स्थानबाट विमान चढेको टर्किस उडड्यन प्राधिकरणले रोयटर्सलाई बताएको छ । टर्कीबाट सिंगापुर उडेको उक्त विमानमा १४३ जना, तीन चालकदलका सदस्यसहित १० जना अन्य सदस्यहरु थिए ।
सिंगापुर उडड्यन नियामक निकायले मंगलबार सिंगापुर पुगेको टीके ५४ कलसाइनको विमान बिहीबार पाइलट र अन्य क्रियु मेम्बरसहित इस्तानबुल फिर्ता पठाइएको जनाएको छ । उनीहरुलाई क्वारेन्टाइनमा राख्न सकिने बताइएको छ । सिंगापुर उडड्यन प्राधिकरणले ती चालक दलका सदस्यहरुमा कोरोना नेगेटिभ देखिएको बताएको छ । सिंगापुरको हालसम्म ११२ जना कोरोना संक्रमित छन् । तर, टर्कीमा भने अहिलेसम्म कुनै पनि कोरोना संक्रमित भएको पुष्टि भएको छैन । रोयटर्स





