बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कोरोनासँगै डेंगुबाट पनि सचेत होऔँ

कोरोनासँगै डेंगुबाट पनि सचेत होऔँ


  • Dhorpatan News
  • चैत्र ३ २०७६, सोमबार

गर्मी मौषम भर्खरै सुरु भएको छ । विश्व हल्लाउने कोरोना भाइरसको सन्त्रासले गाँजेको नेपालमा गर्मीयाम सुरु भएसँगै डेंगु (डेंगी) का बिरामीहरु देखिएका छन् । गण्डकी प्रदेशमा ५ जना,प्रदेश ५ मा १४ जना,प्रदेश १ मा ६ जना,बागमतीमा ९ र सदूर पश्चिममा २ जनामा डेंगु देखिएको इपिडिमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क रहेको छ । महाशाखाले कोरोनाजस्तो महाव्याधीबाटजस्तै डेंगुबाट सचेत रहन आग्रह गरेको छ । अघिल्लो आर्थिक वर्षमा करिब ३ हजार ४ सय जनामा डेंगुको देखिएको थियो । ३ जनाभन्दा बढीको त डेंगुकै कारण मृत्यु भएको थियो । यो वर्ष गर्मी सुरु भएसँगै डेंगु रोग फैलिएपछि संख्या अझ बढ्ने हो कि भन्ने आशंका उत्पन्न भएको छ । एकातिर गर्मी बढेपछि कोरोनाको भाइरसको सक्रियता घट्ने बताइएको छ भने अर्कोतर्फ डेंगुले ज्यान लिने हो कि भन्ने पिरलो थपिएको छ । गतवर्ष धरानमा डेंगु देखिएको थियो । डेंगुको संक्रमणको कारक भनेको विशेष प्रजातिको लामखुट्टे नै हो ।
एडिस जातिका (एजिप्टाइ र अल्बोपिक्टस) पोथी लामखुट्टेले टोक्दा डेंगु संक्रमण हुन्छ । डेंगु लागेपछि भाइरल ज्रो आउँछ । आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, तथा आलश्यता बढ्ने डेंगुका लक्षण हुन् । डेंगुले शरीरको रगत जम्ने प्रक्रियामा असर पु¥याउँछ र संक्रमण बढ्दै जाँदा सम्पूर्ण शरीरमा नै रक्तस्रावव हुनपुग्छ । डेंगुले ज्वरो बढाउँछ, शरीरमा सेता रक्तकोष घट्छन् र मान्छेको रोग प्रतिरोधात्मक क्षमता नासिन्छ । फलतः मान्छेको ज्यान जाने खतरा हुन्छ । सामान्य डेंगु ज्वरो, हेमोरेजिक र सक सिन्ड्रोम गरी डेंगु ज्वरो तीन प्रकारका हुन्छन् । दोस्रो र तेस्रो खतरनाक हुन्छन् ।
मुख्य कुरा, कोरोनाको जस्तै डेंगुको पनि उपचार छैन । विरामीलाई रगत दिइने र चिकित्सकीय निगरानीमा राख्नु नै यसको उपचार पद्धति हो । यही सत्य बुझेर अघिल्लोवर्ष स्वास्थ्यमन्त्री उपेन्द्र यादवले डेंगु नियन्त्रणको लागि सेना नै परिचालन गर्नुपर्ने अवस्था आउन सक्ने बताएका थिए । त्यसले लामखुट्टको टोकाईबाट बच्नु हो । यसका लागि लामखुट्टेको नियन्त्रणमा जोड दिनुपर्छ । घर वरपर पानी जम्ने खाल्डा, अलकत्रा, मट्टितेल, डिजेल र पेट्रोलका खाली ड्रमहरु राख्नु हुँदैन । झुलको प्रयोग गर्नु सबैभन्दा राम्रो हुन्छ ।
जलवायू परिवर्तनको विश्वव्यापी असरबाट नेपाल अछुतो छैन । लामखुट्टे पहाड र हिमाल चढ्न थालेका छन् । हिजो लामखुट्टे नै नदेखिने हिमाली जिल्लाहरुमा पनि लामखुट्टे पुग्दा डेंगुको खतरा झन बढेको छ । अतः डेंगुको संक्रमणबाट बच्नको लागि नागरिकको सचेतता सबैभन्दा ठूलो हतियार बन्न पुगेको छ । गर्मीयाम सुरु हुँदै देखिएको डेंगु नियन्त्रणमा सरकारी प्रयास आवश्यक त छ नै, नागरिकहरु पनि आफ्नो स्वास्थ्यप्रति सचेत बनेमा मात्रै डेंगु संक्रमणबाट बच्न सकिन्छ । नेपालको सन्दर्भमा कोरोनासँगै डेंगुबाट बच्नेतर्फ ध्यान पु¥याउनैपर्छ । किनकि, डेंगुले रोग प्रतिरोधात्मक क्षमता घटाउँछ र रोग प्रतिरोधात्मक क्षमता भएकाहरुलाई नै कोरोना संक्रमण हुने सम्भावना बढी रहन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->