पोखरा, ३ चैत – कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिका वडा नं ३ निवसी वर्ष १९ कि सुस्मीता परियार हाल दुवै मृगौला फेल भई पस्चिमान्चल क्षेत्रिय अस्पताल पोखरामा नियमीत डाइलोसिस भइरहेको परिबारले जनाएको छ ।उपचारमा संलग्न डाक्टरका अनुसार थप उपचारको बिकल्प मृगौला प्रत्यरोपण गर्नुपर्ने सल्लाहा दिएका छन । उपचारको लागि आर्थिक अभाब भएको भन्दै आमा कमला परियारले सहयोगको अपिल गरेकी छन ।सेवा नै धर्म हो, धर्म नै मानव जिवनको मुख्य कर्म हो भन्ने उदेस्यका साथ माच्छापुच्छ«े त्रिशक्ती युनाइटेड क्लब माच्छापुच्छ«े गाउपालिका ४ लाहाचोकले आर्थिक संकलन समिति गठन गरेको छ ।क्लबको आइतबार बसेको बैठकले सहसचिबउमेश बाँस्तोलाको संयोजकत्वमा समिति गठन गरेको हो । बिदेशमा रहनु भएका नेपालीहरु बाट सुस्मीता बचाउ आर्थिक अभियानका लागि राजु क्षेत्री अपुरोको संयोजकत्वमा समिति गठन भएको छ । उपचारको लागि आर्थिक अभाब भएकोले उनका आफन्तजन, इस्टमित्र, सम्बन्धित सरोकारवाला निकाय, बिभिन्न सघं सस्था तथा सहयोगि मनहरुमा सहयोग गर्न क्लबले अपिल गरेका छ ।सहयोग गर्न इच्छुक महनुभावहरुले उमेश बास्तोला ९८२७१०३८८२, राजु नेपाली ९८४६५९०९४५ र निराजन अधिकारी ९८१४१५२४६३ नम्बरमा सम्पर्क गर्न क्लबले अनुरोध गरेको छ ।





