बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कोरोनाबाट अर्थतन्त्र जोगाऊँ

कोरोनाबाट अर्थतन्त्र जोगाऊँ


  • Dhorpatan News
  • चैत्र ५ २०७६, बुधबार

कोरोना भाइरस ( कोभिड–१९) को महाव्याधीले विश्व नै आतंकित छ । छिमेकी राष्ट्र चीनबाट सुरु भएको महाव्याधीका कारण मानिसको ज्यान मात्रै गएको छैन, विश्व अर्थतन्त्रमा नै हलचल उत्पन्न गराएको छ । विकशित देशरुमा समेत नियन्त्रणमा आउन नसकेको कोरोना भाइरसको संन्त्रासले नेपाललाई नगाँज्ने कुरै भएन । नेपालमा कोरोना भित्रिएको त छैन तर संन्त्रास व्याप्त बनेको छ । कोरोना भित्रिएमा त्यसको रोकथाम र उपचारको लागि गरिएका सरकारी प्रयासहरु फितलो देखिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले नै कोरोना भाइरस नियन्त्रण र उपचारका लागि चालिएका कदमहरुको निगरानी गरिहेको बताएका छन् । प्रधानमन्त्रीले नै चासो दिएकाले सरकारले कोरोना नियन्त्रणमा आफ्नो सम्पूर्ण बलबुता लगाउँछ भन्ने आशा भने पलाएको छ । तर, कोरोनाले अर्थतन्त्रमा पारेको प्रभाव कसरी न्यूनिकरण गर्ने भन्नेमा चाहिँ सरकारी अन्यौलता देखिएको छ ।सेवा उद्योग र खासगरि पर्यटन क्षेत्र कोरोना संन्त्राससँगै थला परेको छ । पर्यटन व्यवसायीहरुले बैंकको ब्याज र किस्ता तिर्न नसक्ने बताउँदै सरकारसँग राहतको माग गरेका छन् । होटलहरुले कर्मचारीहरुलाई तबल खुवाउन नसक्ने अवस्था सृजना भएको छ ।कोरोनाको संन्त्रासले उद्योग÷व्यवसायसको उत्पादकत्व पनि घटेको छ । कोरोनाले अर्थतन्त्रमा पारेको यो प्रभावलाई अल्पकालीन र दीर्घकालीन रुपमा संवोधन गर्नुपर्ने आवश्यकता छ । सेवा उद्योगलाई बचाउन नसकिए यसले समग्र पर्यटन उद्योगलाई असर पु¥याउने छ । अतः सरकारले कोरोनाले अर्थतन्त्रमा पारेको र पार्नसक्ने सम्भावित प्रभावप्रति संवेदनशीलता देखाउनुपर्छ । आवश्यक परे राहत प्याकेल दिनुपर्छ ।

अर्कोतर्फ, कोरानाको हल्लासँगै नेपालमा अत्यावश्यक सामानहरुको अभाव देखिन थालेको छ । आयात–निर्यातमा असहजता देखिने संभावन बढेको छ । कोरोना संन्त्रासले अहिले नै बजारमा अत्यावश्यक बस्तुहरुको अभाव देखिन थालेको छ । एलपी ग्याँस, ओखती, सेनेटाइजर, मास्क र खाद्यान्नसम्मका चिजहरु पाइन थालेका छन् । मानिसहरुले बढी भण्डारण गर्ने प्रवृत्ति बढेको छ भने यसको आपूर्ति व्यवस्थामा पनि असहजता देखिएको छ । बजारमा देखिएको यो अभाव पूर्ति गर्नेतर्फ सरकारले बेलैमा सोच्नुपर्ने देखिएको छ । आपूर्ति र बितरण व्यवस्थामा सरकारले लगाम र निगरानी गर्न सकेन भने आउँदा दिनहरु अझ कष्टपूर्ण हुने निश्चित छ । यस्तो अवस्थामा सरकारले अत्यावश्यक सामानहरु बढी भण्डारण नगर्न नगारिकलाई आह्वान गर्दै ती सामानहरु सजिलै पाइने ग्यारेण्टी गर्नुपर्छ । यसको लागि सुलभ पसलहरु संचालनमा ल्याउन सकिन्छ । त्यतिमात्र नभएर आपूर्ति व्यवस्था सहज बनाउन सरकारले निजी क्षेत्रसँग सहकार्यको हात बढाउनुपर्छ । नेपालको निजी क्षेत्रले नै संकटको यो घडीमा अत्यावश्यक बस्तुको भण्डारण नगर्न र आपूर्ति व्यवस्था सहज बनाउन आग्रह गरेको सन्दर्भमा उनीहरुलाई नै सक्रिय बनाउनेतर्फ सरकारले ध्यान दिनुपर्छ । खासगरि ओखती, सेनटाइजर र मास्कजस्ता बस्तुहरुको अभाव हुन नदिन विषेश व्यवस्था गरिनुपर्छ । कोरोना संन्त्रासले समग्र अर्थतन्त्र र जनमानसमा पारेको प्रभाव कम र कालोबजारी रोक्न दण्ड र जरिवानाको प्रावधानहरुलाई प्रभावकारी बनाउनुपर्छ । भारतीय नाकाबन्दीको बेलाको स्मरण गर्दै अर्थतन्त्र कम्तिमा स्थिर बनाउनेबारे सोच्नुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->