मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

‘नआत्तिनुहोस, २५० किमि भन्दा छोटो दुरीमा सवारी चल्छन्’

‘नआत्तिनुहोस, २५० किमि भन्दा छोटो दुरीमा सवारी चल्छन्’


  • Dhorpatan News
  • चैत्र ९ २०७६, आइतबार

बागलुङ, ९ चैत – सोमबार देखि सरकारले लामो दुरीका सवारी साधन चलाउन रोक लगाएको छ । यो निर्णयले सर्वसाधारणमा कौतुहल पैदा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै लामो दूरीका सार्वजनिक सवारी साधनमा लगाएको रोक कति किलोमिटरको दुरीको हो भन्ने बिषयमा सर्वसाधारणमा चासोको बिषय बनेको छ । लामो दूरी भनेको कत्तिसम्मलाई भन्ने र सार्वजनिक बाहेकका गाडी चलाउन पाउने कि नपाउने भन्नेबारे सरकारले स्पष्ट पार्न सकेको छैन ।
तर, सवारी ऐनमा उल्लेख भएअनुसार लामो दूरी भन्नाले २५० किलोमिटरभन्दा माथिकालाई बुझ्न सकिन्छ । २५० किलोमिटरभन्दा धेरै दूरीलाई लामो दूरी भनेर सवारी ऐनले किटान गरेपनि सरकारले भने यति नै दूरीलाई लामो दूरी भनिन्छ भनेर किटान नगरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका सूचना अधिकारी एवं एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए । उनकाअनुसार सवारी ऐनअनुसार १ सय किलोमिटरदेखि २५० किलोमिटरसम्मको दूरीलाई मझ्यौला दूरी (रुट) भनिन्छ । यस्तै २५ देखि १ सय किलोमिटरसम्मको दूरीलाई छोटो दूरी भनेर व्याख्या गरिएको छ । २५ किलोमिटरभन्दा तलको दूरीलाई भने स्थानीय रुट भनेर सवारी ऐनमा व्याख्या गरिएको महाशाखाले जनाएको छ ।

सवारी ऐनमा भएको व्यवस्था र सरकारले गरेको घोषणाअनुसार चैत १० गतेदेखि २५० किलोमिटरभन्दा धेरै दूरीका सार्वजनिक गाडी मात्रै रोकिने भएको हो । २५० किलोमिटरभन्दा कमका लागि कुनै रोकटोक छैन ।

यस्तै सरकारले सार्वजनिक गाडीबाहेक अरु गाडी चलाउन पाउने कि नपाउने भन्ने विषयमा पनि यकिन गरेको छैन । मोटरसाइकल, ढुवानीलगायत गाडीमा रोक लाग्छ कि लाग्दैन भन्ने विषयमा ट्राफिक प्रहरी महाशाखा नै अन्यौलमा छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->