पोखरा,१० चैत – पोखरा–१४ चाउथेका कृष्ण पुनमगरलाई एक महिना अघिसम्म मगर भाषा बोल्न आउँदैन थियो । एकमहिने भाषा प्रशिक्षण लिएका पुन ः अहिले हालचाल सोध्न, मगर भाषामै सामान्य कुराकानी गर्न सक्ने भएका छन् । नेपाल मगर संघ कास्की अन्तर्गतको नमूना इकाई समिति पोखरा–१४ चाउथेले आयोजना गरेको एकमहिने मगर भाषा प्रशिक्षण कार्यक्रमले उनलाई यत्तिको सक्षम बनाएको हो ।
आइतबार, भाषा प्रशिक्षण कार्यक्रमको अन्तिम दिन । प्रशिक्षणमा सहभागिले पालैपालो अनुभूव अनुभव बाँड्दै थिए । ‘तपाईंको थर के हो भनेर सोध्दा, मगर हूँ भन्न पनि सरम लाग्थ्यो,’ उनी अघि थप्छन्, ‘बल्ल मगर हूँ जस्तो लाग्न थालेको छ ।’ मगर भाषामै नाम, थर बताउन पाउँदा खुसी लागेको उनले बताए ।
प्रशिक्षणमा सहभागी टीकाकुमारी थापाको पनि उही चाल थियो । भाषा बुझे पनि राम्रोसँग वार्तालाप गर्न भने नसक्ने । अहिले भाषा प्रशिक्षणले राम्रो काम गरेको जस्तो लागेको छ रे, उनलाई । ‘भाषा नजान्दा कति अवसर पनि गुमाएको थिइ । एक महिनाको तालिमकले केही उपलब्धि हाँसिल भए जस्तो लागेको छ,’ उनले भनिन्, ‘सर, मिसले पनि सरल गरि सिकाउनुभयो ।’ नयाँ पुस्तालाई पनि भाषा सिकाउनु पर्ने उनको राय थियो ।
भाषा सिक्नुअघि चमेली बुढामगरलाई मगर भाषामा राम्रै कुरा गरेँ पनि गाली गरेकोजस्तो लाग्थ्यो । मगर भाषा बोलेको हो कि अरु नै । उनले पत्तै नपाउने । ‘अहिले मगर भाषामै सामान्य बोली÷चाली गर्न सक्ने भएँ । अब बजारमा यहीँ भाषा बोल्न सक्छुँ । यो भन्दाअघि कहिले मगर भाषा कस्तो हुन्छ थाहै थिएन,’ उनले भनिन ।
प्रशिक्षणका अर्का सहभागि दिलबहादुर गर्बुजा एक महिने प्रशिक्षण कार्यक्रमबाट धेरै केही नजाने पनि साथीहरू भेट्दा मगर भाषामा कसरी बोल्ने सिकेको बताउँछन् । फेरि पनि यसरी नै भाषा सिक्ने मौका पाए अझ राम्रोसँग बोल्न सक्छु जस्तो लागेको छ रे, उनलाई । ‘म सँगै भाषा सिकेका साथीहरु पनि राम्रोसँग बोली रहनुभएको छ । भाषा अरुले पनि सिक्नुपर्छ ।’
भाषा सिक्न पाउँदा दुर्गा श्रीसमगरलाई पनि निकै खुसी लागेको छ रे । अहिलेसम्म आफ्नो भाषा के हो उनलाई थाहै थिएन रे ! मगर समाजको पहिलेदेखिको पहलमा आयोजना भएको प्रशिक्षण कार्यक्रमले सबै नजाने पनि सामान्य बोलचालको भाषा जानेकोे उनले बताए । ‘के बोलेको हो भनेर बुझ्ने भएको छुँ । अझै भित्रबाट बोल्न मन छ, किताब हेर्दा ८० प्रतिशत अर्थ बुझि सकेकी छुँ, बोल्न मात्रै न जान्ने हो,’ उनले भनिन ।
थोरै समयमा धेरै कुरा सिक्न पाएको उनले सुनाइन । भाषा सिकेर मात्र नहुने व्यवहारमा उतार्न आवश्यक रहेको उनले तर्क राखिन । अझै प्रयास नपुगेको जस्तो लागेको रहेछ उनलाई । आफ्ना छोराछोरीलाई पनि भाषा सिकाउन मन छ रे, उनलाई । भाषा सिकेर यति मै थन्क्याए सँधँै अन्धाधुन्ध हुने उनले सुनाइन । ‘सिकेको नसिक्यै हुन्छ, सिकेर मात्र नबस्ने भेट हुँदा बोल्नु पर्छ,’ उनले भनिन, ‘तालिममा नआएकालाई पनि प्रेरणा दिनु पर्छ ।’
एकमहिने भाषा प्रशिक्षण कार्यक्रममा २५ जनाको सहभागीता रहेको थियो । सञ्चारकर्मी रुद्र श्रीस र बिना थापा मगरले भाषा प्रशिक्षण गरेका थिए । सहभागीहरुल आफ्नो भाषा एकदमै सिक्ने रहर भएको मगर समाजले सिक्ने मौका दिएकोमा आभार प्रकट गरेका थिए ।प्रशिक्षकको तर्फबाट बोल्दै बिना थापामगरले भाषा आफ्नो पहिचान भएको बताउँदै अरुलाई उदाहरण हुने गरि अघि बढ्नु पर्ने बताइन । ‘नगर्नु सुरु गरियोे । सुरु गरि सकेपछि पूरा गर्नुपर्छ,’ उनले भनि न, ‘अरुलाई पनि उदाहरण हुने गरि व्यवहारिक रुपमा उतार्नुस् ।’
कार्यक्रममा प्रमुख अतिथिको रुपमा निम्त्याइएकी नेपाल मगर संघ जिल्ला समन्वय समितिकी अध्यक्ष संगीता पुन मगरले नमुना मगर समाजले नौलो प्रयोगको सुरुआत गरेको भन्दै आभार प्रकट गरिन । अरु इकाईले पनि नमूना इकाई समितिबाट पाठ सिक्नु पर्ने उनले सुनाइन् । नमूना इकाई समितिका अध्यक्ष ओम श्रीसमगरले आफू पनि मगर भाषाबारे अनभिज्ञ रहेको र प्रशिक्षणबाट धेरै कुरा जान्ने मौका पाएको बताए । कार्यक्रमका अन्य अतिथिहरुले पनि पहिचान बचाउन लागि परेको भन्दै नमूना इकाई समितिको प्रशंसा गरेका थिए ।





