आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

नेपाल पूर्ण रुपमा लकडाउन, घरबाट बाहिर निस्कन नपाइने

नेपाल पूर्ण रुपमा लकडाउन, घरबाट बाहिर निस्कन नपाइने


  • ढोरपाटन संवाददाता
  • चैत्र १० २०७६, सोमबार

काठमाडौ, १० चैत – सरकारले भोलिदेखि देशभर लकडाउन गर्ने निर्णय गरेको छ। कोरोना भाइरस रोकथाम तथा नियन्त्रण सम्बन्धि उच्चस्तरिय समन्वय समितिले लकडाउनको निर्णय गरेको हो। यो सँगै भोलीदेखि कुनैपनि व्यक्ति घर बाहिर निस्कन पाउने छैनन्। त्यस्तै सार्वजनिक सवारी साधन बन्द हुनेछ। आन्तरिक उडान रोकिनेछ। सुरक्षाकर्मी, स्वास्थ्यका कर्मचारी र अत्यावश्यक सेवाका कर्मचारी मात्र हिँडडुल गर्न पाउनेछन्। पर्यटन मन्त्री योगेश भट्टराईले लकडाउनको निर्णय भएको  जानकारी दिए। लकडाउन एक सातासम्म हुनेछ।

आजमात्रै फ्रान्सबाट आएकी एक युवतीमा कोरोना पोजेटिभ भेटिएको स्वास्थ्य मन्त्रीले जानकारी गराएका थिए। यसअघि सरकारले अन्तराष्ट्रिय उडान बन्द गरिसकेको छ भने लामो दुरीका सवारी चलाउन रोक लगाएको थियो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->