विश्वभर महामारीको रुपमा फैलिईरहेको छ कोरोना भाइरस । विश्वभर महामारी फैलिईं रहँदा सुरक्षित रहेको नेपाल पनि कोरोना भाइरसबाट सुरक्षित रहन सकेन । सोमबार, फ्रान्सबाट नेपाल आएकी एक विद्यार्थीमा कोरोना भाइरस भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरिसकेको छ । कोरोना भाइरसको चपेटामा विश्व छट्पटाई रहेको अवस्थामा दैनिक उपभोग्य वस्तुमा कालोबजारी पनि उत्तिकै मौलाईंरहेको छ । खाना पकाउने ग्यासको बजारमा भेटिन छोडेको छ आजकाल । सरोकारवाला निकायले बजारमा पर्याप्त ग्यास सप्लाई भईरहेको बताईरहँदा ग्यास नपाएको गुनासो पोख्ने उपभोक्ता कमै भेटिन्छन् । मास्क र सेनिटाइजरको हालत पनि उहीँ छ । बजारमा देखिएको यो अभाव बनाइएको हो या साँच्चिकै बजारको अवस्था यही छ । उपभोक्ता अधिकार मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोइरालासँग गरेको कुराकानीको सम्पादीत अंश :
अचम्म के छ भन्दा,
भर्खरै २२ सय सिलिन्डर बाँडेर आएको हो म । पोखरामा एभरेजमा खपत हुने ग्यास ४ हजारदेखि ४२ सयको रेसियोमा छ । तर, हामीले ५ हजार बाँडी सकेका छौं । खपतभन्दा ७÷८ सय बढी । यति हुँदा पनि पाएन भन्ने उपभोक्ता धेरै नै हुनुहुन्छ ।
गुनासो पनि कस्तो भन्दा, मैले पाइन भन्ने छ । तर, कुन ठाउँमा भन्ने छैन । यो पनि हाम्रो अघि समस्याको रुपमा रहेको छ । उद्योगबाट उत्पादन पनि निरन्तर छ । वितरण पनि निरन्तर छ । मलाई लाग्छ, समस्या खुद्रा विक्रेतामा पनि छ र उपभोक्तामा पनि छ । किन भन्नुहुन्छ भने, सक्षम उपभोक्ताले हामीलाई सुन्नमा आए अनुसार ८÷१० वटा होल्डिङ गरेर राखेका छन् रे ! यो नै उपभोक्ताको दोष हो । यसले त दुर्घटना निम्त्याउन सक्छ । बम जस्तै हो त्यो । घरलाई मात्रै होइन । टोल छिमेकलाई नै असर गर्छ यसले । आवश्यकताभन्दा बढी ग्यास राखेको भए उपभोक्ताले फिर्ता गर्नुपर्छ । यसले चाहीँ आफ्नो लागि मात्रै होइन अरुलाई पनि दुर्घटनाको सिकार बनाउन सक्छ । टोलै सखाप पार्न सक्छ । यो कुरा छिमेकीले बताए पनि हुन्छ । हामीले घर मै गएर अनुगमन गरेर भए पनि झिक्नु पर्ने अवस्था हुन सक्छ । बजार अनुगमन गरेर त्यस्ता उपभोक्तालाई कारबाही पनि गछौं । २ वटा भन्दा बढी एउटा परिवारलाई आवश्यक हुँदैन । त्यो भन्दा बढी ग्यास संकलन गर्नेलाई दण्ड÷जरिवाना पनि तिराउँछौं हामी । यस्ता उपभोक्तालाई अनावश्यक भण्डार र जोखिमको मुद्दा लगाउन सकिन्छ ।
महानगरको बैठकमा पनि यो निर्णय भएको छ । खुद्रा व्यापारीले पनि १÷२ सय रुपैयाँ बढी पाउँछु भनेर दिनु पर्ने ग्राहकलाई नदिने गरेको सुनेका छौं । विगतको अभिलखै नराख्ने । कुन परिवारले कति ग्यास लग्यो भनेर अभिलेख राख्न सकिन्छ । पहूँचभन्दा बाहिरका उपभोक्तालाई अभाव सिर्जना गराएर जस्केलाबाट सिर्जना गर्ने परिपाटी छ । खुद्रा व्यापारीको यो कमजोरी दृेखिएको छ । यसबाट बाहिर निस्किनु पर्छ । यसले गर्दा पनि मनपरितन्त्र मौलाएको छ । यो कुरामा नियन्त्रण ग¥यौं भने मलाई लाग्छ सबै कुरा पहिलेको जस्तै हुन्छ । यसको लागि हामी भोलिदेखि नै लाग्दै छौं ।– श्याम राना मगर





