पोखरा, ११ चैत – चलचित्र पत्रकार संघ कास्कीले जिल्ला प्रहरी कार्यालय कास्कीलाई सेनिटाइजर सहयोग गरेको छ । विश्व्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम र नियन्त्रणकालागि खटिएका नेपाल प्रहरी र ट्राफिकलाई सहयोगस्वरुप सेनिटाइजर वितरण गरिएको चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष अरुण गिरीले जानकारी दिए ।
संघले ८ लिटर सेनिटाइजर वितरण गरिएको हो ।प्राप्त सेनिटाइजरलाई ट्राफिक प्रहरी, बैदाम प्रहरी र जिल्ला प्रहरी कार्यालयमै प्रयोग गरिने प्रवत्ता राजकुमार केसीले बताए । चलचित्र पत्रकार संघ कास्कीले सह्रानिय काम गरेको बताउँदै प्रवत्ता केसीले महामारीको रुपमा फैलिएको कोरोनाका रोकथामका लागि सेनिटाइजर प्रयोग आफुहरुले आवश्यक मात्रमा प्रयोग गर्ने बताए ।
सेनिटाइजर होममेड सेनिटाइजर फार्मेसिस्ट शान्ती उदासको प्रशिक्षणको आधारमा तयार गरिएको गिरीले बताए । चलचित्र पत्रकार संघले मनोरञ्जनात्मक कार्यक्रमलाई मात्र ध्यानमा नराखी सामाजका हरेक गतिविधिमा सहयोग गर्ने गिरीको प्रतिबद्धता थियो ।





