सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

कोरोना रोकथाममा सघाउन पोखरा महानगरको नगरवासीमा अपील

कोरोना रोकथाममा सघाउन पोखरा महानगरको नगरवासीमा अपील


  • Dhorpatan News
  • चैत्र ११ २०७६, मंगलबार

पोखरा, ११ चैत – पोखरा महानगरपालिकाले कोरोना भाइरसलाई फैलिन नदिन सरकारले गरेको ‘लकडाउन’को समयमा अति आवश्यक काम बाहेक बाहिर ननिस्कन महानगरवासीमा अनुरोध गरेको छ । कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिन नेपाल सरकारले चालेको कदमलाई सफल बनाउन जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्न महानगरले सबैमा अनुरोध गरेको छ ।
‘सम्पूर्ण नगरवासीहरू सुरक्षित र सचेत भई आ—आफ्नै घरमा बसेर कोरोना भाइरस नियन्त्रणको अभियानलाई सघाउन आग्रह गर्दछु,’ पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले जारी गरेको अपीलमा भनिएको छ,‘लकडाउनको समयमा नगरवासीलाई समस्या परे सहयोगका लागि जनप्रतिनिधिहरूलाई सम्पर्क गर्न अनुरोध छ ।’ यो विषम परिस्थितिमा नगरवासीलाई परेको समस्यालाई हरसम्भव समाधान गर्न महानगरपालिका कटिबद्ध रहेको अपीलमा उल्लेख गरिएको छ ।
पोखरा भन्दा अन्य सहर वा विदेशबाट आएकाहरुले महानगरमा सम्पर्क गर्न समेत पोखरा महानगरपालिकाले अनुरोध गरेको छ । पोखरा महानगरपालिकाले कोरोना भाइसर विरुद्धको अभियानलाई सघाउनका लागि पोखरा बाहेकका सहर र विदेशबाट आएकाहरुलाई महानगरको कार्यालय, पायक पर्ने वडा कार्यालय, वडा अध्यक्ष र महानगरका स्वास्थ्यकर्मीहरुलाई सम्पर्क गर्न महानगरले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->