वारीबेनी, पर्वत १४ चैत– पर्वतको जलजला गाउँपालिका वडा नं. ७ धाईरिङले टोलटोलमै पुगेर कोरोना भाईरस (कोभिड–१९) को बिषयमा जनचेतनामुलक सामग्री बाँड्न थालेको छ । वडा अध्यक्ष टुंगनाथ शर्मा सहितको समुहले वडाका सबै टोलहरुमा पुगेर सचेतना कार्यक्रम सञ्चालन गरेको हो । लकडाउनको समयमा घरबाहिर ननिस्कन र आँफु बँचेर अरुलाई समेत संक्रमण हुनबाट बचाउनका लागि अपनाउन सकिने सावधानिका उपायको बिषयमा जानकारी गराईएको शर्माले बताए । टोल टोलमा पुगेको स्वास्थ्यकर्मी सहितको समुहले बैदेशिक रोजगारीबाट फर्किएकाहरको अवस्थाबारे जानकारी समेत लिएको थियो । उनीहरुलाई परिवारको सम्पर्क भन्दा पर बस्न आग्रह गरिएको समुहका एक सदस्यले बताए । समुहमा गाउँमा पुगेको प्रहरीले स्थानीयलाई सजग गराएको थियो ।






