शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

बेलायती प्रधानमन्त्रीलाई पनि कोरोना भाइरस संक्रमण

बेलायती प्रधानमन्त्रीलाई पनि कोरोना भाइरस संक्रमण


  • एजेन्सी
  • चैत्र १४ २०७६, शुक्रबार

लण्डन, १४ चैत – बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। कोरोना भाइरसबाट संक्रमित हुने उनी संसारकै पहिलो सरकार प्रमुख हुन्। प्रधानमन्त्री जोन्सनले ट्वीटरमार्फत् आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्। उनले अहिले आफूले सामान्य लक्षणमात्र देखिएको बताएका छन्। ‘म केही दिन डाउनिङ स्ट्रिटमा सेल्फ क्वारेन्टिनमा बस्नेछु र भिडिओ कन्फरेन्सबाट यो भाइरसविरूद्धको लडाइँमा सहभागी हुनेछ,’ जोन्सनले भनेका छन्। यसअघि महारानी एलिजावेथका उत्तराधिकारी युवराज चार्ल्सलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।बेलायतमा अहिलेसम्म ११ हजार ६ सय ५८ जनामा कोरोना भाइरस देखिएको छ भने ५ सय ७८ जनाले ज्यान गुमाएका छन्।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->