शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

कोरोना भाइरसबाट स्पेनिस राजकुमारी मारिया टेरेसाको मृत्यु

कोरोना भाइरसबाट स्पेनिस राजकुमारी मारिया टेरेसाको मृत्यु


  • एजेन्सी
  • चैत्र १५ २०७६, शनिबार

पोखरा, १५ चैत – स्पेनकी राजकुमारी मारिया टेरेसाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ। पूर्व उपप्रधानमन्त्रीसमेत रहेकी ८६ वर्षीया टेरेसाको कोरोना भाइरसको संक्रमणका कारण शनिबार निधन भएको । उनको निधनको पुष्टि भाइ हेनरीले गरेका छन्। स्पेनिस सञ्चारमाध्यमहरुका अनुसार उनको कोरोना भाइरसकै कारण भएको हो। मारिया टेरेसामा आफ्ना सन्तान नभएकाले भाञ्‍जा भाञ्‍जीको सहारामा बसिरहेकी थिइन्।
कोरोना भाइरसबाट स्पेनमा राजपरिवारमा पहिलो सदस्यको मृत्यु भएको डेलीमेलले जनाएको छ। अर्कातिर बेलायतका राजकुमार चार्ल्सलाई पनि कोरोना भाइरस संक्रमण भएको छ।  कारोना भाइरस संक्रमणका कारण स्पेनमा मृत्यु हुनेको संख्या ५ हजार ८ सय १२ पुगेको छ। संक्रमतिको संख्या ७२ हजार नाघको छ। संक्रमतिहरुमध्ये १२ हजारजना उपचारपछि घर फर्किसकेका छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->