बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

प्रकृति र मानव सभ्यता

प्रकृति र मानव सभ्यता


  • Dhorpatan News
  • चैत्र १८ २०७६, मंगलबार

यतिबेला विश्वभरका प्राय सबैदेश लकडाउनको अबस्थामा छन् । हरेक देशले कोरोना भाइरस बिरुद्ध आफ्नो अन्तिम युद्द लडिरहेको छ । यस अघि भएका दुइवटा विश्व युद्धमा संसार दुइ ध्रुबमा बाँडिएको थियो । उनीहरु एकले अर्कालाई समर्थन गरेर लडेका थिए । तरपनि ठूलो धनजनको क्षति भएको थियो । तर अहले त्यो भन्दा फरक युद्द आइपरेको छ । यो युद्दले कुनै एउटा देश र अर्को देशको लागि नभई समग्र मानव जीवनको रक्षाकोलागि लड्नु परेको छ ।

गत डिसेम्बरमा चीनमा देखिएको यो भाइरसको संक्रमण अहिले संसारभर फैलिएको छ । आजको दिनमा संसारको कुनैपनि मुलुक अछुतो बन्न नसकेकोले यो भाइरस बिरुद्ध लड्ने अन्तिम अस्त्र स्वरुप संसार लकडाउनमा फसेको हो । यसरी फस्नु कसैको रहर भने होइन । बरु बाध्यता हो । समयमा लकडाउन गर्न नसक्नु नेपालको लागि केही समस्या त छदैछन्, तर ढीलागरी आएपनि यो बिकल्पनै अन्तिम हो । त्यसैले सरकारले दिएको समय सिमासम्म कडा अनुशासनमा बसेर लकडाउन पालना गर्नुको बिकल्प छैन ।

यो बेला घर बाहिर निस्केर काम गर्न त आम नेपाली र संसारभरका मानिसले पाएका छैनन् । जसले गर्दा उद्योग धन्दा चलेका छैनन् । सवारी साधन ठप्पै छन् । तरपनि यसले केही पाठ पनि सिकाउनेछ । घरभित्र बसेपनि मानिसले आफ्नो घरपरिवारलाई अनुशासन, पेशा, शिक्षा र प्रकृतिबारे सिकाउन सक्छन् । रोजगारीकै लाग सधै हतार हतर दगुर्नेलाई अहिले फुर्सद पनि मिलेको छ । अभिभावकले छोराछोरी र छोराछोरीले अभिभावकसँगै बस्न पाएको पनि पहिलो अबसर हुनुपर्छ । अनलाईन मार्फत गर्न सकिने हरेक कामहरु सहजै गर्न पाउने अबस्था पनि छ ।
त्यतिमात्र हैन यो विश्व मानव सिर्जित कार्वन उत्सर्जनबाट पिडित थियो । संसारभर जलवायु परिवर्तन भएको थियो । धुलो र धुँवाले एउटा डाँडाबाट अर्को डाँडा देख्न सकिन्थेन । अमेरिका लगायतका शक्ति राष्ट्रलेत आफ्नो कारणले उत्सर्जन भएको कार्वनको क्षतिपूर्ति तिर्न बाध्य थिए । लकडाउन हटेपछि पुनरागमन त अबस्य होला । तर एक महिना भनेपनि संसारको वातावरण स्वच्छ भने हुने भयो । यसको मतलब आमनागरिक र मानवजातीले स्वच्छ वातावरणको महत्व बुझ्ने मौका पनि आएको छ ।

यो मौकालाई राम्रो मनन गर्नेहो भने कार्वन उत्सर्जनमा कमी ल्याएर संसारलाई प्रकृतिमैत्री बनाउन सक्नुपर्छ । सबै शक्तिराष्ट्रका राष्ट्रप्रमुखहरुको दिमागमा पनि यो सोच पलाउनुपर्ने बेला भएको छ । मानिसले प्रकृतिलाई जित्न सक्दैन, जित्न खोज्दा अनेक बाधा आउँछन् र ती बाधा बिरुद्ध संसारलाई कुनै जाती, भाषा, भूगोल र कुनै नाकाले छेक्न सक्दैन भन्ने यो गतिलो उदाहरण पनि हो । तसर्थ लकडाउन पालना गर्ने एउटा काम मात्र हो । त्यसबाहेक अन्य धेरै बिषयमा संसारले अध्ययन गर्ने र बुझ्ने बुझाउने बेलाको रुपमा पनि ग्रहण गर्नुपर्छ ।
(चैत १८ गते मंगलबार प्रकाशित धौलागिरी स्टार साप्ताहिकको सम्पादकीय)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->