आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

रामरेखाको क्वारेन्टाईन उपयुक्त : प्रदेश सांसद सापकोटा

रामरेखाको क्वारेन्टाईन उपयुक्त : प्रदेश सांसद सापकोटा


  • ढोरपाटन संवाददाता
  • चैत्र १८ २०७६, मंगलबार

बागलुङ, १८ चैत – कोराना भाइसरको संक्रमणबाट जोगाउन स्थानीय तहमा निर्माण गरिएका क्वारेन्टाएन उपयुक्त नभएको प्रश्न उठीरहेको वेला जिल्लामा अनुगमन सुरु भएको छ । जिल्ला कमाण्ड पोष्टले अनुगमन सुरु गरेको हो ।
अनुगमनका क्रममा बागलुङ नगरपालिका र नेपाली सेनाले बनाएको क्वारेन्टाएन प्रयोग गर्न उपयोगी रहेको यहाँका सरोकारवालले बताएका छन् । बागलुङ नगरपालिका–१ रामरेखा आधारभूत विद्यालयमा निर्माण गरिएको क्वारेन्टाईनमा व्यवस्था गरीएका पूर्वाधारहरु बिरामीले प्रयोग गर्न सहज रहेको पाईएको हो ।
अनुगमनका लागि मंगलवार क्वारेन्टाईनस्थल पुगेका गण्डकी प्रदेशसभा सदस्य तथा नेकपा बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटाले भान्छा, कोठा, बिस्तरा र अन्य पूर्वाधार समेत उपयुक्त रहेको बताए ।
‘सोही विद्यालयमा क्षमता थप गर्न सकिने अवस्था रहेछ’ सांसद सापकोटाले भने, ‘महिला पुरुष अलग अलग राख्नका लागि समेत क्वारेन्टाईन उपयुक्त छ ।’ तत्कालका लागि २० जना क्षमताको क्वारेन्टाईन उक्त विद्यालयमा निर्माण भएको छ । ‘सौचालय पनि प्रयाप्त रहेछन्, त्यहाँ बस्दा कुनै समस्या हुन्न’ उनले भने । अनुगमनका लागि जिल्ला प्रहरी प्रमुख, अञ्चल अस्पतालका प्रतिनिधि लगायत रामरेखामा रहेको क्वारेन्टाएन स्थल पुगेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->