बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

सिटीवान टेलिभिजनमा शुभकामना साटासाट

सिटीवान टेलिभिजनमा शुभकामना साटासाट


  • Dhorpatan News
  • असोज २९ २०८३, बिहिबार

पोखरा\ सिटीवान टेलिभिजनले नेपालीका महान् पर्व दसैं, तिहार, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान गरेको छ । स्टार नेपाल मिडिया हब प्रालिद्वारा सञ्चालित टेलिभिजनले बिहीबार आयोजना गरेको कार्यक्रममा प्रतिनिधिसभा सदस्य बिना गुरुङले वर्तमान सरकारले आफ्नै ढंगले देशको हितमा काम गरिरहेको बताइन् ।

उनले सरकारलाई रचनात्मक सुझाव दिन आग्रह गर्दै राष्ट्र निर्माण तथा नागरिकलाई सहज र सर्वसुलभ सेवा प्रदान गर्न आफू निरन्तर क्रियाशील रहने उल्लेख गरिन् । सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा शेषनारायण पौडेलले यसोवर्ष देशले विभिन्न विपत्तिको सामना गर्नुपरेको उल्लेख गर्दै आगामी दिनमा यस्ता विपत्ति भोग्न नपरोस् भन्ने कामना गरे ।

पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले धर्म, कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्नुपर्ने आवश्यकता औँल्याए । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले मुलुकले सामना गर्नुपरेका विपत्तिको व्यवस्थापनमा सरकारले प्रयास गरिरहेको जनाए । पूर्वाधार क्षेत्रमा करिब ६ खर्ब रुपैयाँ खर्च गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै उनले आर्थिक समृद्धिका लागि सामूहिक प्रयास चाहिनेमा जोड दिए ।

पोखरा १७ की वडाध्यक्ष राधिकाकुमारी शाही योगीले आपसी एकता र सहकार्यका माध्यमबाट संस्कार तथा संस्कृतिको संरक्षण गर्नुपर्ने भनाइ राखिन् । टेलिभिजनका अध्यक्ष पवन प्रजापतिले अहिलेको अवस्थामा टेलिभिजन सञ्चालन सहज नभए पनि सरकार तथा व्यवसायीको सकारात्मक भूमिका आवश्यक रहेको औंल्याए ।

टेलिभिजनका उपाध्यक्ष राजेन्द्र ओझाले देशमा आएका विपत्ति तथा विभिन्न घटनाले सबै क्षेत्रमा प्रभाव पारेको उल्लेख गर्दै सबैमा सुख, शान्ति र समृद्धिको कामना गरे ।

टेलिभिजनकी प्रबन्ध निर्देशक अनिशा श्रेष्ठले ३० व्यवसायीको लगानी टेलिभिजनले २१ जनालाई रोजगारी दिएको जानकारी दिइन् । कार्यक्रममा पोखराका उद्योगी व्यवसायी, जनप्रतिनिधि, सञ्चारकर्मी, कर्मचारी, शुभचिन्तक लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->