बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

रघुगंगा-१ मा वडा कार्यालयको पक्की भवन

रघुगंगा-१ मा वडा कार्यालयको पक्की भवन


  • ढोरपाटन संवाददाता
  • असोज २९ २०८३, बिहिबार

म्याग्दी/रघुगंगा गाउँपालिकाले १ नम्बर वडा कार्यालयको भवन बेगखोलामा निर्माण गरेको छ । सभाहलसहितको सुविधासम्पन्न वडा कार्यालय भवन आइतबार गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले उद्घाटन गरे ।

गाउँपालिकाको १ करोड ४० लाख र स्थानीयवासीको साढे ६ लाख सहयोगमा भवन निर्माण गरिएको हो । भवनमा ९ कोठा, सभाहल, स्तनपान कक्ष, शौचालय, पार्किङस्थल र घेराबार छ । यही भवनबाट वडाका नियमित प्रशासनिक सेवासँगै विभिन्न विषयगत सेवा प्रवाहसमेत सुरु भइसकेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले नयाँ भवनबाट कृषि, पशु, प्राविधिक तथा मेलमिलापसम्बन्धी सेवा उपलब्ध गराइने बताए । अब स्थानीयले सामान्य प्रशासनिक तथा विकाससम्बन्धी कामका लागि गाउँपालिकाको केन्द्रसम्म अब पुग्नुपर्ने छैन ।

गाउँपालिका अध्यक्ष भण्डारीले स्थानीयलाई आवश्यक सेवा आफ्नै वडाबाट उपलब्ध गराउने उद्देश्यले भवन निर्माण गरिएको बताउँदै तत्काल समाधान गर्न सकिने समस्याका लागि गाउँपालिकाको केन्द्र धाउनुपर्ने अवस्थाको अन्त्य गरेको सुनाए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रेमकुमारी पुन, प्रवक्ता मनकुमार शेरपुञ्जा, वडा नं. ५ का अध्यक्ष मनबहादुर शेरमञ्जा र २ नम्बर वडा अध्यक्ष अमृत भण्डारी लगायतले बोलेका थिए । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेका पूर्वअध्यक्ष योगकुमार फगामीले बेगखोलावासीलाई विपद्का बेला सहयोग पु¥याउने उद्देश्यले १ करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने लक्ष्य सुनाए ।

बाढीपहिरोबाट क्षतिग्रस्त सडक तथा पुलको मर्मत र आपत्कालीन अवस्थामा बिरामी परेका तथा प्राकृतिक विपत्तिका कारण समस्यामा परेका वडावासीलाई सहयोग गर्न अक्षयकोष स्थापना गर्न लागिएको उनको भनाइ छ । भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने हितमान फगामी तथा डेढ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने गिरीप्रसाद गर्बुजा, धनबहादुर गर्बुजा, मिनकुमार गर्बुजा, यामकुमार पुर्जा र लालकुमारी पुर्जा लगायतलाई कार्यक्रममा सम्मान गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->