मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

लकडाउनको अनुशासनमा रहेर कोरोना नियन्त्रणमा सघाउन सांसद भट्टराईको अपिल

लकडाउनको अनुशासनमा रहेर कोरोना नियन्त्रणमा सघाउन सांसद भट्टराईको अपिल


  • ढोरपाटन संवाददाता
  • चैत्र १९ २०७६, बुधबार

पोखरा, १९ चैत – कास्की निर्बाचन क्षेत्र नं. २ का संघिय सांसद बिद्या भट्टराईले कोरोना भाईरस ९अयखष्म(ज्ञढ० सबैलाई त्रसित र भयभित बनाएको वताउदै यसकोे रोकथाम र नियन्त्रणमा जुट्न आग्रह गरेकी छिन् । उनले विभिन्न तहका सरकारले अघि सारेका काममा सहयोग गर्न सवैलाई अपिल गरेकी छिन् । सांसद भट्टराईले विश्वलाई नै चुनौती दिएको यो रोगको नियन्त्रण गर्न र जनताको स्वास्थ्यको रक्षा गर्न सरकार उच्च स्तरमा काम गरिरहेकाले सबैलाई उच्च सतर्कताका साथ् आफ्नो स्वास्थ्यको ख्याल गर्दै लगडाउनको अनुशासनमा वस्न भनेकी छिन् ।
संक्रमण फैलिन नसकोस भन्ने उद्धेश्यका साथ लकडाउनको समय अवधि थप गरिएको प्रेस बिज्ञप्ति मार्फत जानकारी गराएका छिन् । जीवनमा आएको असहज परिस्थितिमा पनि कास्की क्षेत्र नं. २ का सम्पुर्ण आमाबुबा, दिदिबहिनी, दाजुभाइहरुकोको धैर्यताप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै असामान्य परिस्थितिलाई सामना गर्नका लागि लकडाउन एक मात्र उपाय भएको छ, सांसद भट्टराईले भनेकी छिन्, यसलाई पूर्णरुपमा पालना गर्नहुन सवैमा अपिल गर्छु । अहिलेसम्म नेपालमा ५ जना व्यक्तिमा कोरोनाको संक्रमण देखिएकोमा एक जना उपचार पश्चात् निको भई नियमित काममा फर्केका छन् ।
यो विषम परिस्थितिमा आफ्नो ज्यानको पर्वाह नगरी निरन्तर सेवा प्रदान गरिरहनु भएका सम्पूर्ण स्वास्थ्यकर्मीहरूप्रति उच्च सम्मान ब्यक्त गर्दै उनीहरुको आत्मबल बढाउन बिमा र क्षतिपूर्ति दिने नेपाल सरकारको निर्णयप्रति समेत धन्यवाद ब्यक्त गर्न चाहन्छु, उनले उल्लेख गरेकी छन्, ‘नेपाल सरकारले लकडाउनको समय अवधि थप गर्दै राहत प्याकेजको समेत घोषणा गरेकोले यसले विपन्न समुदाय र श्रमिकहरुलाई राहतको महसुस हुने विश्वास गरेकी छु ।’
संकटको अवस्थामा आफ्नो कार्यक्षेत्रमा क्रियाशिल, सुरक्षाकर्मीहरू, सूचना संप्रेषण गरिरहनु भएका सञ्चारकर्मीहरुमा सम्मान ब्यक्त गदै सांसद भट्टराईले नेपाल सरकार र विश्व स्वास्थ्य संगठनले जारी गरेका आधिकारिक निर्देशन तथा आचारसंहिताको पूर्णरूपमा पालना गरिदिनुहुन र कोरोना भाइरसको महामारीबाट बच्न अत्यावश्यक काम बाहेक अरु घरभित्रै बसेर सहयोग गर्न अनुरोध गरेकी छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->