धाईरिङ (पर्वत), १८ चैत– यहाँका एक युवा व्यवसायीले अपांग तथा असाय सर्वसधारणका लागि निशुल्क माक्स वितरण गरेका छन् । पर्वतको जलजला गाउँपालिकाका निर्माण व्यवसायी बाबुराम कार्कीले जलजला गाउँपालिका–१, २, ३, ४ र ५ नम्बर वडामा रहेका अपांग तथा असायहरुलाई माक्स वितरण गरेका हुन् । उनले मल्लाज स्वास्थ्य चौकी र प्रहरी चौकी मिलन चोकका लागि समेत माक्स उपलव्ध गराएका छन् । बुधबार मात्रै उनले एक हजार थान माक्स वितरण गरेको र बिहिबार बाँकि एक हजार थान माक्स वितरण गर्ने योजना रहेको उनले सुनाए । कोरोना भाईरस (कोभिड–१९) को संक्रमणबाट जोगिनका लागि अपांग, असाय तथा प्रहरी र सुरक्षा कर्मिलाई सघाएको उनले बताए । अपांग तथा असायको घर घरमै पुगेर माक्स वितरण गरेका थिए ।





