आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

लकडाउनमा अभाव भएन खानेपानी, कर्मचारी दिनरात फिल्डमा

लकडाउनमा अभाव भएन खानेपानी, कर्मचारी दिनरात फिल्डमा

बागलुङ बजारका ४ हजार उपभोक्ताको धारामा नियमित खसिरहेको छ ।


  • तारानाथ आचार्य
  • चैत्र २० २०७६, बिहिबार

बागलुङ, २० चैत – कोरोना भाइरस संक्रमणको त्रासले देशनै लकडाउन गरेको सरकारले अत्यावश्यक बस्तु तथा सेवालाई नरोक्न पनि भनेको छ । मानिसका दैनिक जीवनयापनसँग जोडिने अत्यावश्यक बस्तु तथा सेवाको आर्पुतिका लागि कुनै बहानाबाजी नगर्न तीनै तहका सरकारले आग्रह गरिरहेका छन् ।
सरकारको आग्रहका बिच तरकारी, दुध, तेल, ग्यास लगायतको बिक्रीवितरण हुने स्थानहरु मुस्किलले खुलेका छन् तर बागलुङमा खानेपानी भने अन्य समयमा भन्दा राम्रोसँग धारामा खसिरहेको छ । सुख्खा समय सुरुभएसँगै खानेपानीको चर्को मार व्यहोर्दै आएको बागलुङ बजारले लकडाउनको समयमा भने पानीको अभाव झेल्नु परेको छैन् । ‘लकडाउन पछि धारामा पानी नआएको दिनै छैन्’ बागलुङ नगरपालिका–१ रामरेखामा भाडामा बस्ने सुर्य पौडेलले भने ‘भित्र बस्नु छ, पानी नभएको भए त मरिपन्थ्यो नि । यसपटक खानेपानीले राम्रो सर्भिस दिएको छ ।’ धारामा प्रसस्त पानी आईरहेकाले बजारमा पानीको अभाव महसुश गर्न परेको छैन् ।
विद्यालय र कार्यालयहरु बन्द भएपनि घरमा वस्ने ब्यक्तिको समय बढेकाले यसको आवश्यकतालाई ध्यान दिएर खानेपानीको राम्रै ब्यवस्था गरिएको छ । बजारमा ३२ लिटर प्रतिसेकेण्ड पानीको माग रहेको बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले जनाएको छ । ‘४२ लिटर प्रतिसेकेण्ड पानीको माग हुन्थ्यो तर सबै गाउँमा रहेकाले यो बेला पानीको माग कम छ’ संस्थाका प्रबन्धक हिमाल शर्माले भने, ‘अहिले त मागेको जती पानी पुगेको छ, गर्मी बढ्दै गएकाले मुल मुकेमात्रै पानीको आपुर्ति कम हुन्छ । नत्र हामी बजारमा पानीको अभाव हुन दिनै छैनौं ।’
बागलुङ बजारमा वितरण भैरहेको खानेपानी अहिले ३ ठाउँका मुहानबाट आउँछ । मुख्य संकलन ट्याङ्कीदेखि ४ किलोमिटर परको रिठेखोला, ११ किलोमिटर परको रेशखोला र १४ किलोमिटर परको भुँदीखोला मुहानको पानी बागलुङ बजारमा वितरण भैरहेको छ । कोरोनात्रासका कारण घर बाहिर ननिस्केका सर्वसाधारणलाई पानीको अभाव महशुस गर्न नदिईएको शर्माले बताए । ‘कोरोना संक्रमणको त्रासले कोही घर बाहिर निस्केका छैनन् तर हामी मैदानमै छौं’ उनले भने, ‘लामो दुरीमा ठाउँ ठाउँमा फुटेका जोडिएका फाईप फुटेर हैरान छ ।’ बिना सुरक्षा सावधानी संस्थाका कर्मचारीहरुले काम गरिरहेको उनले बताए । ‘मास्क र सेनेटाईजरको भर छ’ शर्मा भन्छन्, ‘जमिनमुनी खाडल खनेर पाईप हेर्नुपर्छ, कसरी सुरक्षित हुनु ?’ संस्थाले वितरण गर्ने पानी बजारक्षेत्रका झण्डै चार हजार धारामा पुग्छ । बजारमा पानी वितरणको लागि ७५ किलोमिटरको वितररण लाईन छ । वितरण लाईनमा आईरहने समस्याहरु समेत सक्दो छिटो समाधान गर्ने प्रयस भैरहेको खानेपानीको लाईनमा काम गर्ने कर्मचारी दिपक शर्मा बताउँछन् । ‘हामीले लकडाउन र कोरोना त्रास कसैको प्रवाह नगरी जनतालाई पानी दिने काममा छौं’ उनले ढोरपाटनसंग भने, यो समयमा पानीको अभावमा प्रश्न उठाउन दिने छैनौ भनेर कोशिस गरिरहको छौ ।’ बागलुङ नगरपालिका भित्र धेरै जसो खानेपानीको पाइपहरू फुट्ने समस्या भएपनि कर्मचारीले नियमित र जोखिम मोलेर काम गरिरहेकाले समस्या आउन पाएको छैन ।
मुलुक लकडाउनमा रहेकाले जोखिम मोलेर काम गरिरहेका कर्मचारीलाई संस्थाले बिमा पनि गरिदिएको छ । यसले उनीहरुमा काम गरिरहन हौशला पनि मिलिरहेको छौ । बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले संचालन गरेर नगरपालिका भित्रका उपभोक्तालाई पानी बितरण गर्दै आएको छ । बागलुङ सदरमुकाममा ३ हजार ७ सय ब्यक्तिगत र संस्थागत उपभोक्तालाई नियमितरूपमा खानेपानी बितरण गर्दै आएको संस्थाको तथ्यांक छ । यतिवेला खानेपानीको पानी वितरण कामलाई सवै उपभोक्ताले राम्रो भनेका छन् । फिल्डका कर्मचारीको नियमित काम र ब्यवस्थापनको कुशलता लकडाउनमा देखिएको छ । यसलाई निरन्त्तरता दिन आफ्नो पर्यत्न जारीरहने अध्यक्ष हरिप्रसाद श्रेष्ठले वताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->