`

छैठौ कोरोना संक्रमित ६५ बर्षिया महिला बागलुङकै


  • ढोरपाटन संवाददाता
  • बिहिबार, चैत्र २०, २०७६

बागलुङ, २० चैत – बागलुङका अर्की महिलामा पनि कोरोना भाईरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । छैठौ संक्रमित बागलुङ नगरपालिका–३ का ६५ बर्षिया महिला हुन् । उनी बेल्जियमबाट पाँचौ संक्रमित युवतीसंगै कतार हुँदै चैत ४ गते नेपाल आएकी हुन् । ६५ बर्षिया महिलामा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।
उनीसँगै कतार यएरवेजको जहाजमा आएका दुई युवतीमा संक्रमण देखिएपछि स्वास्थ्य कार्यालय बागलुङले उनको थ्रेट स्वाब संकलन गरेर परीक्षणको लागि पठाएको थियो । मंगलबार पठाईएको नमुनाको नतिजा बिहिबार सार्वजनिक भएको हो ।
पाँचौ संक्रमित पनि बागलुङकै युवती थिईन् । ती युवती र महिला एउटै जहाजमा नेपाल आएका थिए । बेल्जियमबाट कतार, कतारबाट नेपाल आएका थिए । काठमाडौं झरेपछि त्यहाँबाट यति एअरलाइन्सको जहाजमा पोखरा र पोखराबाट स्कार्पियोमा बागलुङ आएका थिए । उनी हाल सामान्य अवस्थामा नै छिन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology