शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

भारतमा कोरोना भाइरसबाट एकैदिन १६ जनाको मृत्यु

भारतमा कोरोना भाइरसबाट एकैदिन १६ जनाको मृत्यु


  • एजेन्सी
  • चैत्र २२ २०७६, शनिबार

नयाँ दिल्ली, २२ चैत – भारतमा कोरोना भाइरसबाट शुक्रबार एकैदिन १६ जनाको मृत्यु भएको छ।महामारी सुरू भएयता संक्रमणबाट भारतमा यति धेरै व्यक्तिको एकैदिन ज्यान गएको यो पहिलो पटक हो।
योसँगै संक्रमणबाट त्यहाँ ज्यान गुमाउनेको संख्या ८५ पुगेको छ। यस्तै संक्रमितको संख्या ३ हजार ८२ भएको टाइम्स अफ इण्डियाले आफ्नो समाचारमा उल्लेख गरेको छ।
शुक्रबारमात्र त्यहाँ ५०२ जना नयाँ संक्रमित भेटिएका छन्। अघिल्लो दिन यो संख्या ५४४ थियो, जुन आजसम्मकै धेरै हो। शुक्रबार भेटिएका संक्रमितमध्ये २८० जना नयाँदिल्लीस्थित बंगलेवाले मस्जिदको धार्मिक सभामा सहभागी भएका वा उनीहरूको सम्पर्कमा आएका मानिसहरू रहेका छन्। शुक्रबार मृत्यु हुनेमध्ये ३ जना महाराष्ट्र राज्यका हुन् भने आन्द्र प्रदेश, मध्य प्रदेश, हरियाणा, कर्नाटका तथा गुजरातबाट एक-एक जना रहेका छन्।यस्तै दिल्ली र तेलाङ्गनामा २-२ जनाको मृत्यु भएको छ।
भारतको स्वास्थ्य मन्त्रालयले बितेका दुई दिनमा देशमा भेटिएका ६४७ संक्रमित नयाँदिल्लीस्थित बंगलेवाले मस्जिदको धार्मिक सभासँग प्रत्यक्ष-अप्रत्यक्ष सम्बन्धित मानिसहरू भएको जनाएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->