नेपालमा कोभिड–१९ अर्थात कोरोना भाइरसको संक्रमण दोस्रो चरणमा प्रवेश गरेको स्वास्थ्य मन्त्रालयले स्वीकारेको छ । धनगढीका संक्रमित युवाका आफन्तलाई पनि संक्रमण पुष्टि भएपछि कोरोना दोस्रो चरणमा प्रवेश गरेको हो । यसअघि विदेशबाट आएकाहरुमा मात्र कोरोना संक्रमण देखिएको थियो । कोरोना दोस्रो चरणमा प्रवेश गरेसँगै सरकारले एउटा प्रदेशबाट अर्को र एउटा स्थानीय तहबाट अर्को ठाउँमा जान रोक लगाएको छ । त्यतिमात्रै नभएर सरकारले बागलुङ, कैलाली र कञ्चनपुरमा ¥यापिड टेष्टको घोषणा गरेको छ । यद्यपि, सरकारी घोषणा तत्काल कार्यान्वयनमा आएको छैन । विदेशबाट आएकाहरुबाट आफन्त र अन्यमा कोरोना सरेको हुनसक्ने भएकाले सरकारले यो निर्णय गरेको हो । निर्णय भए पनि बागलुङ अस्पतालले भने ¥यापिड टेष्टको तयारी नभएको जनाउनुु भनेको सरकारी घोषणा कार्यान्वयनमा ढिलाई भएको भन्ने नै हो । यस्तो हुँदा जनतामा झन त्रास फैलने तथा दोस्रो चरणमा प्रवेश गरेको संक्रमणबाट धेरै व्यक्ति ग्रसित हुने सम्भावना रहन्छ ।
बागलुङमा संक्रमित युवतीका परिवारका कोरोना संक्रमण देखिएन । अर्की महिलाका आफन्तहरुमा पनि संक्रमण नदेखिनु खुसीको कुरा हो । तर, धनगढीमा युवाका भाउजूमा भएको संक्रमणले हामी कति असुरक्षित भन्ने देखाएको छ । हो, खुल्ला सीमा पारगरि नेपाल आएकाहरुको एकिन तथ्याङ्क सरकारसँग छैन । विमानबाट आएकाहरु पनि सबै सम्पर्कमा छैनन् । सरकारले प्रशासनिक संयन्त्र प्रयोग गर्दै विदेशबाट आएकाहरुको जानकारी बटुल्ने भनिए पनि त्यो प्रभावकारी भएको छैन । विदेशबाट आएकाहरुको तथ्याङ्क नहुँदा र उनीहरु स्वंय क्वारेण्टाइनमा नबसिदिँदा उत्पन्न जटिलता चिर्न अब ¥यापिड टेष्टलाई बढावा दिनैपर्छ । सकेसम्म यो काम छिटो गरिनुपर्छ । अन्यथा, भयावह अवस्थाको कल्पना मात्र गर्न सकिन्छ, नियन्त्रण गर्न कठिन हुन्छ । हामीकहाँ अहिले पनि पर्याप्त स्वास्थ्य सामग्रीहरु छैनन् । डाक्टरहरुसँग स्वास्थ्य कवच नहुँदा उपचारमा जान उनीहरु हिच्चिचाएको अवस्था छ । गण्डकी प्रदेश सरकारले स्वास्थ्यकर्मीहरुको बिदा तथा राजीनामा अस्वीकृत गर्ने घोषणा गरेको छ । सरकारले कार्यक्षेत्रमा खटिने स्वास्थ्यकर्मीलाई विशेष भत्ता र बीमाको व्यवस्था पनि गरेको छ । तर, ज्यानभन्दा प्यारो केही हुँदैन भन्ने सरकारले पनि बुझ्नुपर्छ । विकशित देशहरु नै पीपीईलगायतका सामानको अभाव झेलिरहेको अवस्थामा हामी कसरी सुरक्षित हुनसक्छौँ भन्ने आफैले निक्र्योल गर्नुुपर्छ ।
देश लकडाउनमै छ । लकडाउन कति लब्याउने भन्ने कुरा निक्र्योल हुँदै गर्ला तर,अहिले के गर्ने भन्नेमा भने हामी स्पष्ट हुनैपर्छ । अहिले भएका क्वारेण्टाइनलाई अझ कडाई गर्नुपर्ने र विदेशबाट आएकाहरुलाई सक्दो बढी टे«सिङ गर्नुपर्ने दायित्वलाई कठोरतापूर्वक लागु गराउनेतर्फ सरकारले ध्यान दिनैपर्छ । लकडाउन बढ्दै गर्दा आम मानिसहरु संकटमा पर्ने निश्चित छ । भोकले मानिसलाई सडकमा उतार्ने अवस्था आयो भने त्यसले महामारी बढाउन मद्दत गर्ने पक्का छ । अतः बेलैमा होस पु¥याउँदै, आवश्यक स्वास्थ्य सामग्रीको जोहो गर्दै ¥यापिड टेष्टलाई व्यवस्थित गर्ने कामलाई प्राथमिकतामा राख्नैपर्छ । घोषणाले केही हुँदैन, सबै तहका सरकारले आफ्नो प्राथमिकता के हो बुझ्नैपर्छ ।

