आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

लकडाउनमा पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम जारी

लकडाउनमा पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम जारी

'हामीले विमानस्थलको एरियालाई लक गरेर काम गरिरहेका छौँ ।’


  • ढोरपाटन संवाददाता
  • चैत्र २६ २०७६, बुधबार

पोखरा, २६ चैत – लकडाउनको प्रभावले देशका धेरै कामहरु रोकिएका छन् । बजारहरु लगभग बन्द नै छ । तर पोखरामा सन् २०१७ बाट निर्माण सुरु भएको पोखरा बिमानस्थलको काममा भने लकडाउनको प्रभाब खासै परेको देखिन्न । सन् २०२१ को जुलाइ १०सम्ममा सिएमसीइ कम्पनीले नेपाल सरकारलाई विमानस्थलको काम सकेर हस्तान्तरण गर्नुपर्ने छ । लामो समय जग्गा अधिकरण गरेर पनि सुरु नभएको बिमानस्थल निर्माणको काम केही बर्ष अघि मात्र सुरु भएको थियो ।
ठेक्का लिएको चिनियाँ कम्पनीले सम्झौता भएको भन्दा छ महिना अगाडि सरकारलाई हस्तान्तरण गर्ने गरि काम गरेको भए पनि कोरोनाको कारण केही सामानहरु सिमा नाकामा र बन्दरगाहमा रोकिएको हुनाले सम्झौता गरिएको अवधिमा मात्र काम सकिने आयोजना प्रमुख विनेश मुनाकर्मीले बताए ।
मुनाकर्मीका अनुसार लकडाउन पहिले नेपाली र चाइनिज गरेर जम्मा ६ सय जना कामदारहरुले काम गर्ने गरेको भएपछि लकडाउन पछि भने ३७१ जनाले मात्र काम गरिरहेका छन् । मुनाकर्मी भन्छन्–‘ चाइनाबाट कामको प्रकृतिहेरि मेनपावर आउँछन् । अहिले भवन निर्माण र डेकुरेसनको काम भईरहेको छ । हामीसँग सामान स्टक रहँदासम्म विनामस्थल निर्माणको काम रोकिँदैन । हामीले विमानस्थलको एरियालाई लक गरेर काम गरिरहेका छौँ ।’
चिनियाँ नयाँ बर्ष मनाउन चीन गएका चिनियाँ कामदारहरु कोरोनाको कारण केही समय चीनमा नै रोकिँदा भने काममा केही असर गरेको बताए । चीनमा र नेपालमा गरेर करिव २८ दिन क्वारेन्टाइनमा राखेपछि काममा फर्काईएको सिएमसीइका इन्जिनीयर अभिशेक उलकले बताए । उनका अनुसार अहिले बिमानस्थल निर्माणको काममा २७१ चाइनीज र एक सय नेपाली कामदार रहेका छन् ।
आयोजना प्रमुख मनाकर्मीका अनुसार योजनाको ५६ प्रतिशत काम सकिएको छ । लकडाउनको अवधिमा बिमानस्थललाई लक गरेर भनेपनि कामलाई निरन्तरता दिएको उनले बताए । लकडाउन बैशाखभित्र सकियो भने काम पनि सम्झौता अवधिमा नै सकिने मुनाकर्मी बताए । यद्यपी विमानस्थलको जग्गा अधिकरणको विषयमा प्राधिकरण र स्थानियबासी विचको बिबाद भने सुल्झिएको छैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->