सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

महाअष्टमीमा बागलुङमा दुई सयभन्दा बढी कन्याको पूजन

महाअष्टमीमा बागलुङमा दुई सयभन्दा बढी कन्याको पूजन

विशेषगरी नवरात्र तथा महाअष्टमीमा कन्या पूजन गर्नाले देवीको कृपा प्राप्त हुने, सुख, शान्ति, समृद्धि र कल्याण हुने धार्मिक विश्वास रहेको छ


  • ढोरपाटन संवाददाता
  • कार्तिक ३ २०८३, सोमबार

बागलुङ / बडादसैँको अवसर पारेर महाअष्टमी दिन आज सोमवार बागलुङ नगरपालिका–४, कुडुले फेदीस्थित श्रीरङ्ग वेङ्कटेश मुक्तिनाथ मन्दिरमा २ सयभन्दा बढी कन्याको पूजन गरिएको छ ।

मन्दिरका अध्यक्ष एवं शालग्राम सङ्ग्रहालयका परिकल्पनाकार स्वामी ऋषि प्रपन्नाचार्यको पहलमा आयोजित कन्या पूजन कार्यक्रममा गाउँका दुई सयभन्दा बढी कन्याहरूलाई विधिपूर्वक पूजा गरी प्रसाद तथा विभिन्न मिष्ठान्न भोजन गराइएको थियो ।

विशेषगरी नवरात्र तथा महाअष्टमीमा कन्या पूजन गर्नाले देवीको कृपा प्राप्त हुने, सुख, शान्ति, समृद्धि र कल्याण हुने धार्मिक विश्वास रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा शालग्राम सङ्ग्रहालयका परिकल्पनाकार स्वामी ऋषि प्रपन्नाचार्यले जानकारी दिए ।

यस मन्दिरमा वर्षेनी बढादशैका अवसरमा कन्या पुजन हुँदै आएको छ । हिन्दू धर्मशास्त्रमा कन्यालाई देवी दुर्गाको स्वरूपका रूपमा मान्ने गरिन्छ ।

कन्या पूजनले बालिकाप्रतिको सम्मान, श्रद्धा र समाजमा छोरीको महत्वलाई समेत उजागर गर्ने कार्यक्रममा सहभागी पूर्व सांसद मना केसीले बताईन् । धार्मिक आस्था र परम्पराको संरक्षणसँगै बालिकाप्रति सम्मान प्रकट हुने हुँदा यस्ता खालका कार्यक्रम लाई निरन्तरता दिनुपर्ने उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->