मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

अँध्यारोमै खोजिने हो, ‘उज्याला किरणहरु !’

अँध्यारोमै खोजिने हो, ‘उज्याला किरणहरु !’


  • ढोरपाटन संबाददाता
  • बैशाख १ २०७७, सोमबार

पोखरा, १ वैशाख – देश लकडाउनमा छ÷अप्ठेरोमा छ । गण्डकी प्रदेशमा भित्रिएको कोरोनाले इच्छाशक्तिलाई हल्लाउन सकेको छैन बरु परास्त हुँदैछ । संक्रमणलाई जित्दै बागलुङका दुबैजना घर फर्कने सुरसारमा छन् । संक्रमितहरुले कोरोनामाथि जित हात पार्दैछन् । संक्रमणको त्रास ज्यूँकात्यूँ हुँदा पनि नेपालीको हिम्मत डग्मगाएको छैन । संक्रमणसँग जुध्नको लागि सीमित स्रोत र साधनको उपयोग भइरहेको छ । लकडाउनले गलेकाहरुको मुखमा माड लगाउने व्यवस्था मिलाइएको छ । देशमा विपत्तिविरुद्ध नागरिकमा अभूतपूर्व एकता देखिएको छ । र, यही एकताले विपत्तिबाट पार पाउने आशा जगाएको छ ।फ्रान्सबाट आएकी युवतीमा कोरोना संक्रमण पुष्टि भएसँगै चैत ११ गतेदेखि देश लकडाउनमा गएको हो । कोरोना भाइरस ( कोभिड–१९) नियन्त्रण, रोकथाम र नियन्त्रणका लागि लकडाउनलाई ‘अचुक’ उपाय मानिन्छ । कतार एयरवेजको क्यूआर ६५२ सोही विमानबाट आएकी बागलुङकी १९ वर्षीया किशोरीमा पनि कोरोना संक्रमण देखियो । लगत्तै बागलुङकी अर्की महिला पनि संक्रमित भइन् ।
‘हामीले गण्डकीमै संक्रमण देखिएपछि केन्द्रको मुख ताकेनौँ,आफ्नोतर्फबाट सक्दो ग¥यौँ’,गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भने,‘ सीमित स्रोत र साधनबाटै हामीले रोग फैलन नदिनेमा सफलता पायौँ,हामी लकडाउनलाई अझ व्यवस्थित बनाउँदै रोगमाथि नियन्त्रण कायम गर्छौँ । ’
हो, मुख्यमन्त्रीले भनेजस्तै चैत ११ गते लकडाउन सुरु हुनासाथ सरकार तात्यो । बैठकहरु डाकिए । हतारमा सबै काम सक्नु नै थियो । तर, सरकारसँग स्वास्थ्य संरचना नै थिएन । रोगको उपचार कहाँ गर्ने भन्ने पनि थाहा थिएन । कुन अस्पतालमा बिरामी राख्ने भन्नेमा माथापच्चिसी नै प¥यो । त्यति हुँदाहुँदै पनि गण्डकीका सबै तहमा क्वारेण्टाइन बनाइयो । विदेशबाट आएकाहरुको पहिचान थालियो । अस्पतालमा आइसोलेसन तयार गरियो । तर, कोरोनासँगको प्रत्यक्ष लडाईँमा खटिने स्वास्थ्यकर्मीसँग सुरक्षा सामग्री र संक्रमण पहिचान गर्ने प्रयोगशाला थिएन । संक्रमितको उपचार कहाँ गर्ने ? यक्षप्रश्न यही थियो । भनेजस्तो अझै भएको छैन तर सरकारले केही चाहिँ ग¥यो । संघीय सरकार गुहा¥यो । केही सामान आए र जेनतेन काम चल्यो । विदेशबाट आएकाहरुलाई क्वारेण्टाइनमा बसाल्यो । केहीलाई सेल्फ आइसोलेसनमा बस्न भनियो । भला, विदेशबाट आएकामध्ये केही अझै कहाँ छन् ? कसैलाई थाहा छैन । संघीय सरकारले दिएका टेष्ट किटबाट आउने रिपोर्टको विश्वसनीयतामा प्रश्न उठिरहँदा त्यसको निरुपणको दायित्वबाट पनि प्रदेश सरकार उम्कन सक्दैन÷मिल्दैन ।
यता, लकडाउन लम्बिएसँगै प्रदेश सरकारले दैनिक ज्याला मजदूरीबाट हातमुख जोर्नेहरुका लागि राहतको प्याकेज ल्यायो ।स्वास्थ्यकर्मीको मनोबल बढाउने काम ग¥यो । ‘लकडाउनमा जनतालाई भोकै बस्नुपर्ने अवस्थाबाट मुक्त ग¥यौँ’,मुख्यमन्त्री भन्छन्,‘ गण्डकीमा कोही भोकै मर्नु पर्दैन ।’ राहत प्याकेज घोषणासँगै जनप्रतिनिधिहरु सक्रिय बने । सक्रिय हुँदा पनि उनीहरुसँग वडाबासीकोबारे बिस्तृत विवरण भने थिएन । राहत कसलाई दिने त्यो पनि थाहा थिएन । जबकि, त्यसको जानकारी हरेक स्थानीय तहसम्मम हुनैपथ्र्यो । केही स्थानीय निकायहरुले कृषिजन्य उत्पादन र दूध खरिद गरेर किसानलाई राहत दिए । केहीले स्थानीय उत्पादन नै खरिद गरि नजिकको सरकारको अनुभूति गराए । केही अपवादबाहेक राहत बितरण प्रभावकारी देखियो । तर, एकपटकको राहत पर्याप्त नहुने प्रष्ट भएको छ । लकडाउनले गाँजेका पर्यटन,उद्योगलाई राहत दिन्ुपर्ने दायित्व बाँकी नै छ । विपत्तिबाट मुक्ति मिलेको छैन । सबै अधिकार नपाएको र उपयोगमा पनि कमजोर देखिएको प्रदेश सरकार अहिले सक्रिय त देखिएको छ तर अझै उसले लय समातेको छैन । आइतबार मात्रै गण्डकी सरकारले महानगरले दिएको स्वास्थ्य सुरक्षा सामग्री स्वीका¥यो । यसले प्रदेश सरकार अझै सबल नभएको सन्देश मात्रै प्रवाह गर्छ । सफलता हात पार्दा त्यसको जस आफूले लिने र असफल हुँदा ‘संघीय सरकारले केही गरेन’ भन्ने मानशिकताबाट प्रदेश सरकार माथि उठ्नुपर्छ । अप्ठेरो बाटो र अँध्यारो गल्लीको यात्रामा नै खोजिने हो, उज्याला किरणहरु !

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->