पोखरा, २ बैशाख– पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा सहयोग आउने क्रम जारी छ । मंगलबार पोखरा अमरसिंहचोकको पोखरा युनाइटेड क्लबले एक लाख सहयोग गरेको छ । पोखरा युनाइटेड क्लबका अध्यक्ष लालकाजी गुरुङ, निर्वमान अध्यक्ष सुकबहादुर गुरुङ र प्रथम उपाध्यक्ष राजु श्रेष्ठको टोलीले महानगरका प्रमुख मानबहादुर जिसीलाई १ लाखको चेक हस्तान्तरण गरेका हुन् ।
महानगरेको कोषमा अहिलेसम्म ३ करोड ७८ लाख ३५ हजार ३ सय ९१ रुपैयाँ जम्मा भएको छ । पोखरा महानगरपालिकाले २ करोड राखेर राहत कोष स्थापना गरेको हो भने कोषमा महानगरका सम्पूर्ण कर्मचारीको ४८ लाख ५० हजार, प्रदेश सरकारको एक करोड र विभिन्न व्यक्ति तथा संघसंस्थाले सहयोग गरेका छन् । करिब ३ लाख बराबरको खाद्यन्न पनि सहयोग स्वरुप प्राप्त भएको महानगरका सूचना अधिकारी भरतराज पौडेलले बताए ।





