मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

सेति नदीमा फोहोरको कारण वेपत्ताको खोजीकार्यमा समस्या

सेति नदीमा फोहोरको कारण वेपत्ताको खोजीकार्यमा समस्या


  • विजय नेपाली
  • बैशाख ३ २०७७, बुधबार

पोखरा, ३ बैशाख – पोखरा वडा नं. १ र पोखरा १६ दिपको विचमा बग्ने सेती नदिको फोहोरको कारणले सेती नदिमा हराएका भनिएका अमृतको खोजीकार्यमा निकै समस्या परेको छ । चैत्र २८ गते पोखरा महानगरपालिका वडा १ बगर र १६ दिपको बिचमा बग्ने सेतीको ढुङ्डुरोमा साथीहरुसंग माछा मार्न गएका अमृत मगर वेपत्ता भएका हुन । वेपत्ता भएको ५ दिन वितिसक्दा समेत अमृतको शव फेला परेको छैन । अमृतको खोजीकार्य तिव्र भएपनि फोहोरको कारणले वेपत्ताको खोजीकार्यमा निकै समस्या भएको गोताखोर टोली मध्येका एक दिर्घनारायण पौडेलले बताए ।
“अचानक फोहोर आउँछ आइतबार खोज्दा झन्डै टाउकोमा लागेन, फोहोर निकै छ त्यसले पनि खोजीकार्यमा समस्या भएको छ” सशस्त्र प्रहरीबल गोताखोर टोलीका पौडेलले बताए । पोखरा १६ दिपमा सेती भिर नजिकै एउटा कुखुरा फार्म समेत रहेको छ । सेतीमा फोहोर फाल्दा निकै दुर्घन्दित भएको पाइन्छ । अमृतक वेपत्ता भएको भनिएको ठाउँमा निकै फोहोरको डंगुर देखिन्छ । सिनो, घरबाट फालिएका फोहोर, प्लाष्टिकका पोका, मरेका कुखुरा, पानीका बोतलहरु प्रशस्तमात्रामा देखिन्छन् । सेती नदिमा फालिएको फोहोर त्यहीँ आएर अड्किन्छ ।
सोहि फोहोरको कारण र अचानक फोहोर खस्दा आफैलाई लाग्ने जोखिमका बाबजुत पनि शसस्त्र प्रहरीबलको उद्धार टोलीले खोजीकार्यलाई तिव्रता दिएका छन् । उक्त स्थानमा रेस्क्यु वोर्ड लान नमिलेको र कायकबाट खोजीगर्न निकै समस्या भएको पौडेलले बताए । गण्डकी प्रदेशमा २४ नं. सशस्त्र प्रहरीबल कालिका गणमा मात्र गोताखोर टोली रहको छ ।
२०७२ सालको विनाशकारी भुकम्पले नदिमा ठुलो चट्टान खसेको थियो नदि थुनिने डर भएपछि नेपाली सेनाको टोलीले उक्त चट्टान विस्फोट गराइ पानि जान सहज बनाएपनि फोहोरहरुभने निस्कासन हुन पुगेको छैन ।
हेम्जा, लामाचौर,दिप, केआइसिंहपुल लगायतको स्थानबाट फालिएको फोहार त्यहिँ आएर अड्किन्छ । उक्त स्थानमा समेत सफा गर्न आवश्यक रहेको देखिन्छ । हिन्दु धर्म अनुसार निकै शुद्ध मानिने सेतीमा फोहोर फाल्दा नदि दुषित भएको छ । यसबारे त्यहाँका जनप्रतिनिधीहरु नै अनविज्ञ रहेका छन भने महानगरको दृष्टी पुग्ने कुरै भएन । यसरी नदीमा फोहोर फाल्दा पोखराका अभियन्ताको पनि ध्यान जाने गरेको पाइदैँन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->