शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कोभिड-१९ को जानकारी दिन प्रदेशले ल्यायो ‘गण्डकी हेल्थ’ एप

कोभिड-१९ को जानकारी दिन प्रदेशले ल्यायो ‘गण्डकी हेल्थ’ एप


  • ढोरपाटन संवाददाता
  • बैशाख ४ २०७७, बिहिबार

पोखरा, ४ बैशाख – गण्डकी प्रदेशले सर्वसाधरणलाई कोरोना भाइरस (कोभिड-१९) को रोकथाम, नियन्त्रण तथा उपचारको जानकारी दिने उदेश्यले गण्डकी हेल्थ नामक मोबाइल एप सार्वजानिक गरेको छ । प्रदेशको सामाजिक बिकास मन्त्रालयले कोभिड-१९ को संक्रमण रोकथाम, नियन्त्रण र उपचार सम्बन्धी आवश्यक जानकारी दिने उद्देश्यले ‘गण्डकी हेल्थ’ नामक मोबाइल एप सार्वजनिक गरेको आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले जानकारी दिए ।

सो एपमा हेलो डाक्टर, टोल फ्री सेवा, प्रदेशका सबै जिल्लाका एम्बुलेन्स सेवा, अस्पतालहरू र तिनका सम्पर्क नम्बर प्राप्त गर्न सकिने छ । साथै, कोरोनासँग सम्बन्धित प्रदेशभित्र भएका सबै क्रियाकलापहरूको सूचना र जानकारी एवं सेवाहरू पनि त्यस एपबाट पाउन सकिने मन्त्री गुरुङले वताए । एप डाउनलोड गर्नका लागि https://play.google.com/store/apps/details मा जान सकिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->