बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

भोकालाई भोजन दिऊँ, भावनामा नबगौं

भोकालाई भोजन दिऊँ, भावनामा नबगौं


  • Dhorpatan News
  • बैशाख ११ २०७७, बिहिबार

नेपालका कोरोना संक्रमण तेस्रो चरणमा प्रवेश गरेको विज्ञहरुले बताएका छन् । विदेशबाट आएकाहरुबाट स्थानीयमा संक्रमण सरेपछि अवस्था गम्भीर भएको उनीहरुको भनाई छ । लकडाउन जारी छ । कोरोना संक्रमण तेस्रो चरणमा प्रवेश गरेपछि वैशाख १५ सम्मको लागि लगाइएको लकडाउन बढ्ने संकेत प्रधानमन्त्री केपी ओलीले नै गरेका छन् । संक्रमण बढ्दै गर्दा लकडाउनलाई बढाउनु र कडाई गरिनु अपरिहार्य भएको छ । यो आवश्यकतालाई सबैले मनन गर्नैपर्छ । देश जटिल अवस्थामा हुँदा राज्यले गरेको निर्णयलाई सबैले मान्नैपर्छ । अहिले लकडाउनको अवहेलना गर्ने बेला होइन । तर, लकडाउन लम्बिँदै गर्दा यसको पालना नगर्ने जमात बढेको छ । खासगरि मजदूरह र गरिखानेहरु लामो दूरीको पैदलयात्रामा निस्किएका छन् । उनीहरुको दुदर्शा देखेपछि स्थानीय निकाय र केही मन्त्रीहरुले नै गाडीको व्यवस्था गरि घरसम्म पु¥याउने व्यवस्था मिलाइदिएका छन् । हो, कसैलाई पनि भोकभोकै मर्न दिनु हुँदैन । सीमामा रहेका नेपालीहरुलाई देश छिर्न दिनुपर्छ । तर, उनीहरुकै कारण कोरोना संक्रमण बढ्यो भने के गर्ने भन्नेबारे पनि सचेत हुनैपर्छ ।
राज्य साधन स्रोत सम्पन्न छैन । साधन र स्रोत भएका देशहरुलाई त कोरोनाले आच्छुआच्छु पारेको छ भने हाम्रोजस्तो देशमा कोरोना तेस्रो चरणमा गयो भने के हुन्छ ? सहजै अनुमान गर्न सकिन्छ । मानिसहरु गाउँ छिर्दा कथंकदाचित संक्रमण छि¥यो भने त्यसको परिणाम डरलाग्दो हुन्छ भन्नेतर्फ सबै सचेत बन्नुपर्छ । यसको लागि राज्यले जहाँ, जो, जसरी बसेका छन्, उनीहरुलाई खानाको प्रबन्ध गर्ने घोषणा ग¥यो । स्थानीय तहहरुले राहत प्याकेज पनि बाँडे । तर, त्यो राहत लक्षित बर्गसम्म पुग्न सकेन । कतिपय मजदूरहरु भोकभोकै परे । समयमै व्यवस्थापन गर्न सकेको भए उनीहरुले हिंडेर लामो यात्रा तय गर्ने थिएनन् । राज्यका निकायहरु त्यहाँ चुके । यही कारणले सडकमा मानिसको ताँती देखियो । अहिले ताँतीहरुलाई व्यवस्थापन गर्ने प्रयासको थालनी भएको छ । यो थालनीलाई अन्यथा मान्नु हुँदैन तर सचेतता अपनाउनु जरुरी छ । र, त्यति नै जरुरी भोकालाई भोजन दिनुमा छ ।
यसको लागि पोखराका युवाहरुले थालेको प्रयासको अनुसरण गर्न सकिन्छ । पौरखी स्वयंसेवक समूहको नाममा जुटेका उनीहरुले टेलिफोन गर्नासाथ घरमै निःशुल्क खाना पु¥याउने व्यवस्था मिलाएका छन् । बुधबारसम्म उनीहरुले करिब ४५ सय जनालाई खाना दिएको जनाएका छन् । उनीहरुको यो कदमले कोही पनि मान्छे भोकले मनुर््पर्ने अवस्थामा अन्त्य भएको छ भने खर्च सकिएर घर जानुपर्ने बाध्यता पनि हटेको छ । कोरोना संक्रमण तेस्रो चरणमा प्रवेश गर्दा र लकडाउन लम्बिँदा आर्थिक अभावले चुल्हो नबल्नेको संख्या बढ्न सक्छ । त्यो बेला मान्छे फेरि राजमार्गमा निस्कन सक्छन् । मानिसलाई घर जानबाट रोक्न सबै स्थानीय तहहरुले यसरी नै स्वयंसेवकहरु परिचालन गरेर भोजन बितरणको व्यवस्था गर्ने हो भने संक्रमण फैलनबाट रोक्न सकिन्छ । लकडाउनले आर्थिक क्षेत्र चौपट भएको छ । यसको प्रभाव दीर्घकालीन पनि हुनसक्छ । बिग्रिएको कुरा बनाउन सकिन्छ तर देश नै महामारीमा फस्यो भने के हुन्छ ? कसैले भन्न सक्दैन । कोरनालाई जित्नको लागि लकडाउनको पालना हुनैपर्छ । यो भावनामा बग्ने बेला होइन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->