`

युट्युबमा ‘राहत’ !


  • ढोरपाटन संबाददाता
  • बिहिबार, बैशाख १८, २०७७

पोखरा, १८ बैशाख – लकडाउनले निम्त्याएको हातमुख जोर्ने समस्या र राहत प्याकेजलाई आधार बनाएर पोखरामा राहत नामक छोटो फिल्म बनेको छ । पत्रकारितासँगै कलाकारितामा पनि जमेकाहरुको अभियन रहेको सर्ट फिल्मको नाम नै राहत राखिएको छ । राहत प्याकेजको दुरुपयोग र दैनिक ज्यालादारी मजदुरको व्यथा छोटो फिल्मको कथा हो । कथा सामान्य छ तर यथार्थको नजिक छ । फिल्म बुधबार युट्युबमार्फत सार्वजनिक भएको छ ।
दैनिक ज्यालादारी मजदुरको हातमा राहत कसरी पुगेको छैन भन्ने विषयमा फिल्म बनाइएको कथाकार तथा निर्देशक नेत्र गुरुङले बताए । फिल्मको सहनिर्देशक पत्रकारिताकै सेरोफेरोका भरत छन्त्याल हुन् । उनले कथामा पनि सघाएका छन् । पत्रकार तथा कलाकारहरु रेम रसाइली, विभु भुषाल, अनिषा श्रेष्ठसहित गीता पराजुली र प्रतीक्षा पौडेलले अभिनय रहेको छ । प्रकाश ‘गुरुङ् काश’ ले खिचेको विजयराज अधिकारी निर्माण व्यवस्थापक रहेको फिल्ममा पोखरा फिल्म सोसाइटी, ज्ञान करियर ईन्ष्टिच्युट,परिचय नेटवर्क, जक्सन डटकम, प्रोडक्सन सी लगायतका संस्था संलग्न छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology