बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सिमानाको कोरोना र अतिक्रमण

सिमानाको कोरोना र अतिक्रमण


  • Dhorpatan News
  • बैशाख ३० २०७७, मंगलबार

कोरोना भाइरस (कोभिड १९)ले तीन महिनादेखि विश्व लकडाउन छ । नेपालपनि बिगत दुइ महिनादेखि लकडाउनमा फसेको छ । लकडाउनका कारण हाम्रो अर्थ व्यवस्था धरासायी बन्दै गएको छ । लकडाउनकै कारण सडकमा मानिस हिड्न नपाउने अबस्था मात्र हैन नेपालीको स्वतन्तत्रा र सार्वभौमसत्ता पनि खोसिंदैछ । आन्तरिक रुपमा भएका सानोतिनो संघर्ष भइरहनेछन् तर छिमेकीको कारण नेपालमा कोरोना कहर मात्र हैन सिमाना अतिक्रमण समेतका घटना बढीरहेका छन् ।
लकडाउनकै समयमा भएका बढ्दो संक्रमणमा भारतबाट आएका मात्रै दुइतिहाइ बढी छन् । लुकीछिपी आएकाहरुले नेपालमा कोरोना संक्रमण मात्रै बढाएनन्, नेपाली जनतालाई छलेर सिमानामा सडक समेत बनाइसकेका छन् । उनीहरुले नेपाली जनता र सरकारलाई छलेर नेपालको जमिनमा बनाएको सडक सहन हुने काम होइन । कोरोना संक्रमण उपचारपछि सञ्चो होला, तर सिमानामा भएको अतिक्रमण सानो तिनो उपचारले सञ्चो हुने संभावना छैन ।
सरकार र दलहरुले बिज्ञप्ती मार्फत बिरोध गरेका छन भने बिद्यार्थी र युवाहरुले राजधानीका सडक लकडाउनकै बीच तताएका छन् । यो अबस्थाले बढीमा दुताबासको ध्यानाकर्षण गराउला तर दिल्लीको ध्यान तान्न अझै सकेको छ । जवसम्म दिल्लीको ध्यान तान्ने र गल्ती भएको हो भन्ने सन्देश पुग्दैन तबसम्म नेपाली भूमी फर्कने संभावना कम छ । त्यसका लागि राजनीतिक रुपमा बिखण्डन भएर नभई एक भएर अगाडि बढ्नुपर्ने बेला आएको छ । सिमानामा भएको अतिक्रमणको तगारो उघार्न सबैले सामुहिक दवाव समेत दिनुपर्नेछ ।
त्यसोत दार्चुलामा भएको अतिक्रमण जस्ता धेरै अतिक्रमण भैरहेका छन् । कहिले सुस्ता त कहिले कपिलबस्तु र कहिले झापाका बासिन्दा बिहान उठ्दा बिदेशी बन्न बाध्य छन् । मानिस लखेटिने र जमिन छिमेकीको कब्जामा पर्ने इतिहास धेरै पटक दोहोरिरहेका छन् । त्यो क्रमकै निरन्तरता भएपनि यो पटकको अतिक्रमण फरक शैलीको छ । चीनको समेत सहमतिमा यो पटकको अतिक्रमण भएको छ । चीन र भारत जोड्ने सडक बनाएर नेपाली जमिनमा धावा बोलिएको छ । बिदेशी सेना नेपाली भूमीमा निर्धक्क डुल्ने र नेपालीकै छातीमा गोली ठोक्ने अबस्था दुइ ठूला शक्ति राष्ट्रले गरेपछि नेपाली निरिह बनेका छन् । चीनले नेपाल जस्तो सानो बजार छाडेर भारतको ठूलो बजार पुग्ने उपयुक्त बाटो पनि यही बाटो रोजेकोले अतिक्रमण सहज बनेको बिष्लेषण भैसकेको छ ।
अब यो मुद्दा नेपालीले अन्तराष्ट्रियकरण गरेर त्रिदेशिया मार्गको रुपमा बिस्तार गर्ने र भूमी भने नेपालकै पक्षमा पार्ने कुटनीति खेल्नुपर्छ । किनकी तयार भैसकेको सडकबाट नेपालीले पनि समान फाइदा उठाउने, त्यही बाटो बाट नेपालले पनि दुवै देशमा व्यपार गर्ने आधार बनाउने, नेपालका हिमाली हवाई मैदानलाई स्तरीय बनाएर दुवै देशका पर्यटक भित्रउने बाटो रोज्न सक्नुपर्छ । त्यसका लागि तेस्रो मुलुकहरुको साथ र सहयोग लिनुपर्छ । कोरोना संक्रमणबाट बच्न सामाजिक दुरी कायम गर्न सक्नुपर्छ, तर छिमेकी फेर्ने र भौगोलिक सिमानालाई दुरी कायम गराएर भन्दा दोहोरो फाइदाको बाटोमा लगाएर मात्र सफल बन्न सकिन्छ । आइन्दा अतिक्रमणको दुश्साहस नहुने गरी सिमाना सिल गर्ने काम पनि तत्काल थाल्नुपर्छ । त्यसले अतिक्रमण र कोरोना संक्रमण दुवै रोक्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->