बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

नक्सा जारीपछिको मार्गचित्र

नक्सा जारीपछिको मार्गचित्र


  • Dhorpatan News
  • जेष्ठ ११ २०७७, आइतबार

सरकारले आफूसँग भएका प्रमाणहरुको आधारमा नेपालको नक्सा सार्वजजिक गरेको छ । भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र अतिक्रमण गरेपछि सरकारले वास्तविक नक्सा सार्वजनिक गरेको हो । नक्सा सार्वजनिक गर्दै नेपालले आफ्नो सार्वभौमिकताको परिचय मात्रै दिएन, भारतसँग आँखा जुधाएर आफ्नौ हैसियत पनि देखायो । भला, भारतले नेपाली भूमिमाथिको दावी छाडेको छैन । भारतले नेपालको नयाँ नक्सा अस्वीकार्य रहेको टिप्पणी गरेको छ । भारतीय प्रतिक्रिया अपेक्षित थियो नै । भारतीय असन्तुष्टीको संवोधन गरिनुपर्छ । यसको लागि सरकारले घनिभूत वार्ताको पहल गर्नुपर्छ ।परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकार वार्ताको लागि आतुर भएको प्रतिक्रिया दिएका छन् । हो, वार्ताको विकल्प छैन । आफ्नो दावी दुबै देशले वार्ताको टेबलमै राख्ने हो । वार्ताको वातावरण निर्माणको लागि दुईमध्ये जुन देशले पहल गर्दा पनि हुन्छ । वार्ता भयो भने, भारतले पनि आफ्ना प्रमाणहरु देखाउला, नेपालले त तयारी गरिरहेकै छ । आफ्ना प्रमाणहरु अकाट्य बनाउनको लागि थप प्रयासहरु पनि यही बेला गरिनुुपर्छ । एउटै वार्ताले समस्या समाधान नहुन पनि सक्छ । नयाँ विवादहरु सृजना हुन पनि सक्छन् । यस्तो अवस्थामा सरकारले आफ्नो तयारीलाई अझ प्रामाणिक र चुस्त बनाउनुपर्छ ।
राष्ट्रियताको सवालमा अहिले सबै राजनीतिक दलहरु एक ठाउँमा उभिएका छन् । नेपाली भूमि मिचिएको हो भन्नेमा कुनै द्धिविधा पनि छैन । नक्सा सार्वजनिक गर्ने सरकारी कार्यको राजनीतिक दलहरु र नागरिक समाजले प्रशंसा गरेको छ । सरकारले नेपालीमा आत्मसम्मान जगाउने काम गरेको छ । राष्ट्रियताको सवालमा अहिले देखिएको अभूतपूर्व एकतालाई कायम राख्नुपर्छ । राजनीतिक दलहरुले पनि आफ्नो ठाउँबाट आफ्नो तवरले वार्ताको वातावरण बनाउने अभियान थाल्नुपर्छ । अब यो गतिलाई यो वा त्यो बहानामा रोक्नु हुँदैन । क्ुटनीतिक क्षेत्रमा संयमताले ठूलो महत्व राख्छ । नक्सा सार्वजनिक गरेपछिको क्षणमा अनावश्यक र उत्तेजित अभिव्यक्ति दिन भने बन्द गर्नुपर्छ । दुबै देशले जितेको महशुस गराउने तरिकाले अघि बढ्नु नै अहिलेको आवश्यकता हो । राष्ट्रवाद उम्लिनु एउटा पाटो हो, त्यसको व्यवस्थापन अर्को गम्भीर विषय हो । भारतलाई सम्मानजनक रुपले नै पछिभारतलाई सम्मानजनक रुपले नै पछि हट्ने वातावरण बनाउन सके मात्रै हाम्रो क्ुटनीति सफल हुन्छ । यसको लागि परराष्ट्र वा प्रधानमन्त्री तहमा वार्ता गर्नुपर्ने हुनसक्छ । त्यो अवस्थाको आंकलन गर्दै कम्तिमा मन्त्री र प्रधानमन्त्रीहरुले भारतको चित्त दुखाउने गरि दिइने अभिव्यक्तिमा बन्देज लगाउनु पर्छ । संयमता सबैभन्दा ठूलो ओखती हो । भारतमा पनि नेपालसँग तत्काल वार्ता थाल्नुपर्ने आवाज सुनिन थालेका छन् । भारतको हित चिताउँदै आएको नेपाललाई विश्वासमा लिनुपर्ने आवाज उठिरहेका छन् । यसले गर्दा भारतलाई पनि वार्ताको टेबुलमा बस्न दवाव पुगेको छ । ढिलो चाँडो वार्ता गर्नु नै छ । दुबै देशलाई मान्य हुने र आत्मसम्मानमा ठेस नपु¥याइ समस्याको समाधान खोज्नेतर्फ नेपालले नै बढी सक्रियता देखाउनुपर्छ । अब उत्तेजक अभिव्यक्ति हैन कि सुझबुझपूर्ण कुटनीतितर्फ जोड दिनुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->