बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बढेको संख्याको व्यवथापन गरौं

बढेको संख्याको व्यवथापन गरौं


  • Dhorpatan News
  • जेष्ठ १३ २०७७, मंगलबार

केही दिनदेखि नेपालमा दैनिक ५० देखि १ सय जना सम्म कोरोना भाइरसका संक्रमित देखिन थालेका छन् । एकाएक बढेको यो दायाराले नेपालमा भयाबह परिस्थिति सिर्जना हुने भयो भनेर धेरै चर्चा परिचर्चा चलेको छ । तर चैतको पहिलो साता एकदुइ जनामा कोरोना संक्रमित देखिंदाको जस्तो डरलाग्दो परिस्थिति थियो, त्यो भने साम्य भएको देखिन्छ । किनकी नेपालमै बसेका नेपालीमा अहिले सम्म सोझै संक्रमण नदेखिएको, देखिएकाहरुमा अधिकांस छिमेकी देशबाट आएकाहरु छन् । भारतमा संक्रमणको दर अत्याधिक भएको र रोजगारी समेत गुमाएर कतिपय मानिस फर्केको,कैयौ दिन सम्म बोर्डरमा अलपत्र परेको र सम्बन्धीत जिल्लाका पालिकाहरुले उद्दार गरेर भित्राएपछि संक्रमण देखिनु नौलो कुरापनि भएन ।
केही दिनदेखि परीक्षणको दायरा बढेको छ । स्वभावैले शंकास्पदमा परीक्षणको दायरा बढेपछि संक्रमितको संख्या देखिनु नौलो भएन । संक्रमणको जोखिम बढेपछि तथा कतिपयले संक्रमित भएको जान्दाजान्दै आफ्नै गाउँघरमा जाने भन्दै फर्केको देखिन्छ । केवल उनीहरु सुरक्षित फर्के की फर्केनन् भन्ने मात्रै ठूलो बिषय हो । उनीहरुलाई सुरक्षित रुपमा क्वारेन्टाइनमा राख्नु स्थानीय सरकारको दायित्व हो । किनभने अस्तव्यस्त क्वारेन्टाइनमा राख्दा धेरैलाई सरेको प्रमाणित भएका छन् । संख्यात्मक रुपमा दैनिक ५० देखि १ सय जना सम्ममा संक्रमण देखिनुले भयाबह स्थिति हो भन्ने देखाउँछ भने जुन दरमा आफ्नै गाउँघरमा जाने भन्दै आएकाहरु छन् उनीहरुको तथ्यांकले भने यो दर बढ्ने स्वभाविक देखिन्छ । हजारौं नागरिक खाडी मुलुकमा काम गरिरहेका छन् । उनीहरुपनि नेपाल फर्कन चाहेका छन् । खाडी मुलुकमै सयौंलाई संक्रमण समेत भएको छ । संक्रमण भयो भन्दैमा बिदेशमा रहेका नेपालीलाइ आउन नदिने काम गर्न हुदैन । केही साता अघि भुटानले आफ्ना २ जना नागरिक लैजानकालागि जहाज रिर्जभ गरेर आएको थियो । त्यसैले आफ्ना नागरिक भित्राउने कामबाट सरकार पछि हट्न हुँदैन ।
बरु आफ्ना नागरिक ल्याएपछि सुरक्षित राख्ने, समुदायमा संक्रमण हुन नदिने, बरु स्वदेशमै रोजगारीका अबसरहरु सिर्जना गर्ने र बाँझीएको जमिनलाई आबादी गर्ने तर्फ राज्यको ध्यान केन्द्रीत हुनुपर्छ । समाजमा भित्रिएका युवाहरु अहिले स्वस्थ्य भएपनि कोरोना संक्रमण भएरै फर्केको भएपनि हेलाहाहोचो गर्ने पनि सुहाउने काम होइन । किनकी परिस्थितिले जो पनि संक्रमणमा पर्ने खतरा देखिएको छ । संक्रमण भएकाहरुमा पनि मृत्युदर ठूलो छैन । संसारभर हरेक बर्ष युवाहरुले गरेको आत्महत्याको संख्या भन्दा यो महामारीमा मरेका सबै मानिसको संख्या कम छ । अर्थात मृत्युदर कम भएकोले संक्रमण बाट बच्ने र संक्रमण भैहालेमा आत्मबल बढाएर सुरक्षित हुनेनै महत्वपूर्ण काम हो । त्यसैले गाउँमा आएका युवालाई छिछिदुरदुर गर्न भन्दा उनीहरुको हौसला बढाएर छिटो निको बनाउने काम गर्नुपर्छ । त्यस्तै उनीहरु आएकोले रित्तिएका बस्तीहरु भरीभराउ देखिएका छन् । अब सबै मिलेर बिदेश नगाई स्वदेशमै आत्मनिर्भर बन्ने बाटाहरु खोज्नुपर्छ । ती बाटाहरुले छिमेकी तथा बिदेशीबाट हेपिने, जोखिमपूर्ण काममा लगाएर रोजगारीका लागि गएका नेपालीहरु दुर्घटनामा पर्ने खतरा पनि रोकिंदै जानेछ । हरेक दिन ३ देखि ५ जना सम्मको शव आउने गरेको बिमानस्थलमा शुन्य बनाउन सक्दापनि कोरोना संक्रमण र यसको मृत्युदर भन्दा ठूलो उपलब्धी हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->