बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बजेट र आत्मनिर्भर कृषि

बजेट र आत्मनिर्भर कृषि


  • Dhorpatan News
  • जेष्ठ २१ २०७७, बुधबार

अघिल्लाबर्षको तुलनामा यो बर्षको बजेटको आधार बढ्ने धेरैको अनुमानथियो, तर बढेन । अंकमा नबढेपनि यो बजेटले स्वदेशमायुवाहरुको रोजगारीको अबसर बढाउने योजनाभने ल्याएको छ । रोजगारीकालागिचाहिने क्षेत्र पनिबिस्तार भएका छन् । बिशेषगरी कृषि र सानाउद्योगक्षेत्रनै रोजगारी बढाउने महत्वपूर्ण क्षेत्र हुन् ।
पर्यटनबाट ठूलो संख्या रोजगार बढाउन सक्ने क्षमताभएपनिकोरोनाभाइरसको संक्रमणले संसारभर समस्यामापारेकोले भ्रमणमा निस्कने कोहीभएनन् । अझै केही समय पर्यटकको रुपमाआउने नपाइन सक्छ । हजारौं बिदेशिएकायुवा घर फर्केका छन् । कोरोनाकहरले क्वारेन्टाइनमा बसेकायुवा घर फर्केपछि उनीहरुले कृषिकर्मलाइ नै रोज्नेछन् । हरेकको थोरै धेरै खेतवारी पनि छ । त्यसैले कृषिकर्म नै पहिलो प्राथमिकताहो । बजेटले पनि कृषि क्षेत्र तथायुवाहरुको स्वरोजगारमूलकतालिममालगानी बढाएको छ ।
सरकारले ६ अर्ब बढी रकमतालिम क्षेत्रमाबिनियोजन गरेको छ । त्यसमासिपमूलकतालिमभनिएकोले हरेक युवालाई रोजगारी बनाउने लक्ष राखिएको हो । बाँझो जमिन नराख्ने, उपयोगगर्ने किसानलाइप्रोत्साहन स्वरुपअनुदानदिने योजना छ । युवाहरु बिदेशिएकोले अधिकांस खेतबारी बाँझो छन् । सिंचाइ, कृषिमल र बीउको अनुदानदिने योजनापनि बजेटले समेटेको छ । यसरी ल्याएको कार्यक्रमले किसानमात्रहोइन, देश आत्मनिर्भर बन्ने निश्चित समेत छ । अर्थात छिमेकी राष्ट्रबाट आयात गरेर खाने संस्कृतिअन्त्यगर्दा कुल बजेटको एक चौथाई रकमजोगिन्छ । पेट्रोलियमपदार्थ मात्र नेपालले खरिद गर्ने अबस्था छ । दैनिकउपभोग्य र खाद्यबस्तुहरु स्वदेशमै उपलब्ध गराउने हो भने त्यसले सबल अर्थतन्त्रनिर्माणमा योगदानदिनेछ ।
राष्ट्रसेवककर्मचारीलाई दिएको पोशाकभत्ता स्वदेशीउद्योगको कपडा किनेमामात्रदिने नीतिले राष्ट्रियतालाईनै जोड दिएको छ । हुनपनि केही समय अघि सरकारले निजामतीकर्मचारी, प्रहरी, सशष्त्रप्रहरी र सेनाको पोशाक नेपालमै उत्पादनगर्ने उद्योगहरु संचालनगर्ने, औषधिकंपनीहरु नेपालमै संचालनगर्ने लक्ष राखिएको थियो । उक्तलक्षअनुसार अहिले दुइतीहाइऔषधि नेपालमै बन्नथालिसकेको छ । औषधिकंपनी र सरकारी पोशाक सरकारी तहबाटै उत्पादनगर्ने र पूर्णतया सरकारी स्वामित्वमै राख्ने लक्ष पुरा गर्न बजेट सहयोगीबन्ने देखिएको छ । नेपालले हरेक बर्ष २२ अर्व रुपैयाँको गेडागुडी मात्रै भारतबाट आयात गरेको तथ्यांक छ । तर ग्रामीण बस्तीमा युवाफर्कने, उनीहरुले आवादी गरेर कृषिकर्म थाल्दात्यो व्यपार घाटा कमगर्न सक्ने देखिन्छ । लकडाउनको बेला संक्रमण बढ्न सक्ने भन्दै धेरै जिल्लामाआन्तरिक उत्पादननै उपभोग गर्ने नीतिलिइएको छ । त्यो लकडाउनको बेलामात्रनभइ सधैभरी हुनुपर्छ । देख्दाको आर्कषण भन्दाअर्गानिक र स्थानीयउत्पादनले नेपालीहरु आत्मनिर्भर बन्ने अबस्थाहो । यो कोरोनाकहरले सम्झाइदिएको छ । यो अबसर सधैभरी नआउनपनि सक्छ तर एक पटक आएको चुनौतीले दिएको अबसरलाइअबहामीले स्विकार गर्न सक्नुपर्छ । कोरोना संक्रमणको दर बढी रहेको छ त्यसबाट बच्ने चुनौती त नेपालीलाइ छदैछ, तर अबआयातप्रतिष्थापनको लागि सरकारले स्वदेशीउत्पादन बढाएर छिमेकी देशहरुको व्यपार घटाउन ल्याएको अबसरमाआमनागरिकले पनि साथदिनैपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->