बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

एउटै कित्तामा उभिने समय

एउटै कित्तामा उभिने समय


  • Dhorpatan News
  • असार २३ २०७७, मंगलबार

नेपाली राजनीतिमा केही महत्वपूर्ण घटना भएका छन् । जनआन्दोलन मार्फत राजतन्त्रको अन्त्य देखि संविधानसभाबाट संविधान जारी र कालापानी, लिुपुलेक र लिम्पियाधुरा सहितको नक्सा पास गर्ने सबालमा सबै राजनीतिक दल एउटै कित्तामा उभिएर देशले जितेको स्मरण ताजा छ । अत्यावस्यक पर्दा नेपालका फरक आस्थाका दलहरु एउटै बिन्दुमा उभिन्छन् भन्ने राम्रो उदाहरण हो ।
तर एउटै कित्तामा उभिएको दुइसाता नपुग्दै फेरी तिनै दलमा फाटो आएको छ । एउटै दलभित्रका ५ नेता ५ तिर फर्केपछि देश फेरी दुःखेको छ । देशले गम्भिर समस्या भोग्ने निश्चित जस्तै भएको छ । जसरी नक्सा पास गर्ने सन्दर्भमा एक मुख भएका थिए, त्यसैगरी नक्साको संस्थागत बिकास, कोभिड नियन्त्रण तथा आम जनतालाई सुखि नेपाली र समृद्ध नेपाल बनाउने काममा पनि एककित्तामा उभिनुपर्ने आवस्यकता छ । तर एकाएक किन नेताहरुमा यस्तो तरंग आएको छ ? यो सोचनीय छ ।
भारतले दवाव दिएर प्रधानमन्त्री र राष्ट्रपति हटाउने योजना बनाएको छ भन्ने प्रधानमन्त्रीको भनाईमा सत्यता नहोला भन्न सकिन्न । तर त्यो हो भनेपनि पार्टीमा स्पष्ट रुपमा छलफल भएर फेरी एककित्ता हुने बेला आएको छ । त्यसरी फाल्नै खोजिएको हो भने प्रतिपक्षहरुले पनि प्रधानमन्त्रीलाईनै साथ दिनुपर्छ । संसद अधिवेसन अन्त्य भैसकेकोले तत्कालै यस्तो दुर्घटना हुने खतरा पनि टरेको छ । बरु सबै दल मिलेर सामुहिक सामना गर्ने बेलामा नेपालका दलहरु भित्रभित्रै कलह गरिरहेका छन् । भुसको आगोझै सल्केर उनीहरुले कर्तव्य पालना भुलिसकेका छन् । एमसीसी पारित गर्ने वा नगर्ने देखि सरकार र पार्टीको नेतृत्व कसले कसरी गर्ने भन्ने झगडाले नेपालीको सुखी बन्ने सपना तुहिन खोजेको छ । समृद्ध नेपाल बनाउने उद्घोष मिथ्या साबित हुन लागेको छ ।
राजनीतिमा समीकरण फेरिनु नौलो नहोला, तर लोकतन्त्रको अभ्यास गरिरहेको देश, आम जनताको भरोसा र चाहनामा कुठाराघात भयो भने लोकतन्त्र र गणतान्त्रिक नेताप्रतिको विश्वास गुम्नेछ । छोटो समयमै राजनीतिप्रति बितृष्णा फैलिएको अबस्थामा संस्गागत बिकास नहुँदै फेरी लोकतन्त्र अफाप बन्ने खेतरा बढीरहेको छ । त्यसका लागि नेतृत्वले संरक्षण गर्नुपर्ने बेलामा आफ्नो झगडाले रमिता देखाउने काम भैरहेको छ । देशमा एकाएक बढेको भ्रष्ट्राचार र नेतृत्वको एकल निर्णय शैलीले पार्टीमा बिरोध चर्केको एकाथरीको तर्क उठीरहेको बेला संस्थापनले भने तीनै नेतालाई भारतीय एजेण्ट देख्नुपनि राम्रो होइन । लोकतन्त्रमा टिकाटिप्पणीबाट भाग्ने भन्दा सामना गरेर आगामी दिनमा सच्चिंदै जानुपर्ने हो । लोकतन्त्रको मान्यतापनि त्यही हो । लोकतन्त्रमा एउटै व्यक्ति सक्षम भन्ने पनि होइन । बहुदलीय व्यवस्था र बहुलबादपनि त्यसकैलागि हो । पार्टीमा पनि धेरै सक्षम व्यक्ति हुन सक्छन् उनीहरु सबैले अवसर पाउनुपनि लोकतन्त्र हो । पाँच बर्षकालागि म्याण्डेड दिएका जनतालेपनि आफ्नो मतको सदुपयोग भएको, देशले त्यही समयमा बिकासको फट्को मारेको देख्न चाहेका छन् । त्यो अबसरले बर्तमान नेतृत्वलाई ५ बर्ष मात्र हेन, सयौं बर्षसम्म सम्झने बनाउन पनि सक्छ । त्यसैले अझैपनि समय छ, नेतृत्वले सक्षम, परिपक्व र दिर्घकालिन समस्या समाधानको निर्णय लिनुपर्छ । पार्टी फुटालेर समस्याको समाधान हुँदैन । त्यसकालागि फेरी सबै नेता, सबैदल एउटै कित्तामा उभिने दिन आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->