सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बागलुङका सापकोटाले पोर्चुगलमा निःशुल्क खुवाए १० हजारलाई खाना

बागलुङका सापकोटाले पोर्चुगलमा निःशुल्क खुवाए १० हजारलाई खाना


  • कृष्णप्रसाद शर्मा
  • साउन ३ २०७७, शनिबार

लण्डन, ३ असार – कोरोना भाईरसका कारण प्रभावित बनेका झण्डै दश हजार पाँच सय परिवारका सदस्यलाई पोर्चुगलमा रहेका एक नेपाली व्यवसायीले निःशुल्क खाना खुवाएका छन् । पोर्चुगलमा व्यवसाय गर्दै आएका बागलुङको जैमिनी नगरपालिका–२ दमेकका टंक सापकोटाले राजधानी लिस्बनका करिब १० हजार ५०० न्यून आय भएका परिवारका सदस्यहरुलाई निःशुल्क खाना खुवाएका हुन् ।
यो अभियानलाई सफल पार्न सापकोटाकी श्रीमती सिता सापकोटासँगै परिवारका अन्य सदस्य तथा पोर्चुगलकै अर्का नेपाली व्यवसायी लक्ष्मीप्रसाद सापकोटा लगायत १५ जनाको टोली अहोरात्र खटेको थियो । प्रत्येक वडामा पुगेर खाना तयार पारेपछि सो खाना लक्षित घर परिवारसम्म पु¥याउने कामको व्यवस्थापन भने सम्बन्धीत वडा कार्यालयले नै गरेको थियो । नागरिकको घरसम्म खाना पुराउने वडाको अभियानलाई विभिन्न स्वयंसेवी संघसंस्था तथा व्यक्तिले पनि स्वतस्फूर्त रुपमा सहयोग गरेका सापकोटाले बताए ।
यो अभियानकै लागि भनेर सापकोटाले करिब ३५ लाख नेपाली रुपैयाँ बराबरको पिज्जा बनाउने घुम्ती अँगेनो (फोर्नो) किनेर प्रयोगमा ल्याएका छन् । ‘नेपाली सेफ’ भनेर चिनिने सापकोटाले सञ्चालन गरेको ‘फोर्ने दिओरो’ रेस्टुरेन्टले बनाउने पिज्जा विश्वकै उत्कृष्ट पिज्जाको सूचीमा सूचीकृत समेत भै सकेको छ । अहिले लिस्बनका निम्न आय भएका नागरिकका लागि वितरण गरिएको पिज्जा पनि रेस्टुरेन्टमै उपलब्ध हुने स्वाद र गुणस्तरको रहेको छ ।
पछिल्लो समयमा पोर्चुगलमा देखिएका संक्रमितमध्ये अधिकांश राजधानी लिस्बनकै भएपनि यस्तो जोखिमपूर्ण अवस्थामा अभियान चलाएर समाजका लागि केही योगदान गर्नसकिन्छ भन्ने उदाहरण पनि उनले देखाएका छन् । लिस्बन नगरपालिका भित्रका विभिन्न वडामा ‘घुम्ती पिज्जा रेस्टुरेन्ट’ सञ्चालन गरेका सापकोटाको सो अभियानले पोर्चुगलका सञ्चारमाध्यमको समेत ध्यान खिचको छ ।
सापकोटाले भने, ‘कोरोना संक्रमणका बेलासम्बन्धित वडाले तयार पारेका न्यून आय भएका मजदुरहरुको सूचीलाई नै आधार बनाएर हामीले उनीहरुलाई बेलुकाको खाना अर्थात् पिज्जा र जुस वितरण गर्यौं । लिस्बनमा सबैभन्दा धेरै कोरोना संक्रमित देखिइरहेका बेला आवश्यक सबै सुरक्षा सावधानी अपनाएर हामीले अभियान सञ्चालन गरेका हौँ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->