बागलुङ, ५ साउन– नेपाली नारीहरुको महान् पर्व हरितालिका तिज नजिकै गर्दा गायिका पुर्णिमा कोइराला र गायक समिट परियारले तिजी गीत ‘सारी मै राम्री नेपाली नारी’को म्युजिक भिडियो सार्वजनिक गरेका छन् । बुढासुब्बा म्युजिक डिजिटलको अफिसियल युट्युबबाट सार्वजनिक गरिएको गीतमा गायिका कोइरालाको शब्द, मिलन सिलवाल र राजु थापाले संगीत भरेका छन् ।
मालश्री स्टुडियोमा रेकर्डिङ गरिएको गीतको म्यूजिक एरेन्जरमेन्ट गायक समिट परियार, रेकर्ड बिमल छिनाल र राजेन्द्र बाजुराली तथा मिक्सिङ बिनोद बाजुरालीको रहेको छ । चर्चित मोडल शंकर बि.सी. र रबिना भण्डारीको अभिनय रहेकोे भिडियोमा छायाँकन दुर्गा पौडेल, सम्पादन नबिन घर्ति र निर्देशन शंकर बि.सी.को रहेको छ ।





