बागलुङ, ७ साउन– बागलुङे सर्जक श्रीकृष्ण बम मल्लले तीज गीत संग्रह बजारमा ल्याएका छन् । तीज लक्षित गरेर संगीतकार श्रीकृष्ण बम मल्लको नयाँ गीतको भिडियो सार्वजनिक भएको हो । पारिवारकीक कथामा आधारीत ‘आमाले नदुखाउनु मन’ बोलको गीत मंगलबार युट्युबमार्फत बजारमा आएको हो ।
कोरोनाले नेपाली समुदायमा पारेको प्रभाव र विदेशमा रहेकाहरु संक्रमित भएर मृत्यु भएका कारण तीजमा माईत जान नपाएकि चेलीको कथा गीतमा समावेश गरिएको छ । आफ्ना श्रमिानलाई गुमाएकी चेलीले आमालाई तीजमा आउन पाइन भनेर पोखेको पिडालाई दृश्यमा उतारिएको छ ।
चर्चित गायिका अन्जु पन्तको आवाज रहेको गीतको शब्द÷संगीत गायक तथा संगीतकार श्रीकृष्ण बम मल्लको रहेको छभने गीतको एरेन्ज कमल सौरागले गरेका छन् । एकोस्टीक नेपालमा रेकर्ड गरिएको गीतको भिडियो विनोद खड्काले छायांङ्कन गरेका छन् । भिडियोलाई श्रीकृष्ण बम मल्लले निर्देशन गरेका हुन् । भिडियोमा करिश्मा ढकाल, मनोज कार्कीलगायतका कलाकारहरुले अभिनय गरेका छन् ।





